मसलाबाली खेती गर्ने किसानलाई अनुदान « Khabarhub

मसलाबाली खेती गर्ने किसानलाई अनुदान


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– फलफूल, तरकारी, खाद्य र मसलाबाली खेती गरेका किसानलाई गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–०८२ मा दुई करोडभन्दा बढी अनुदान वितरण गरेको छ ।

कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालयअन्तर्गतको म्याग्दी कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको कार्यक्रममार्फत दुई करोड १२ लाख ९५ हजार अनुदान वितरण भएको हो ।

केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले विभिन्न १२ अनुदानका कार्यक्रमका लागि दुई करोड ४७ लाख ४० हजार विनियोजन भएकोमा ८६ प्रतिशत खर्च भएको जानकारी दिए ।

‘प्रदेश सरकारको कार्यविधिअनुसार सार्वजनिक सूचनामार्फत आवेदन सङ्कलन, स्थलगत निरीक्षण, मूल्याङ्कन र छनोट भएका समूह, सहकारी तथा फार्मसँग सम्झौता गरेर कार्यक्रम कार्यान्वनय भएको हो’, उनले भने, ‘कार्यक्रमअनुसार ५० देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराएका छौँ ।’

गत वर्षका योजना तथा कार्यक्रमबाट ८१ वटा मिनीटिलर खरिद, १० कुटानी पिसानी मिल, ८२ थान स्प्रेयर, सातवटा ब्रस कटर, २९ हजार १५० मिटर पाइप, ५३ वटा हिलट्याङक, छ सय मिटर सिँचाइ कुलो निर्माण र १६ सिँचाइ पोखरी निर्माण भएका छन् ।

सबैभन्दा बढी एक करोड २० लाख रुपैयाँ बजेट भएको समुदायस्तरमा खायन आलु प्रवर्द्धन आयोजनामार्फत एक हजार २५० रोपनी क्षेत्रफलमा आलुखेती गरेका सात सय ९३ जना किसान आबद्ध ३० वटा सहकारी र समूहलाई यान्त्रिकीकरण, साना सिँचाइ पूर्वाधार, बीउ, मलका लागि ८७ लाख ६४ हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको छ ।

सुन्तलाजात फलफूल विकास आयोजनामार्फत तीन सय ७० रोपनीमा सुन्तला बगैँचा सुदृढीकरण र ४० रोपनीमा सुन्तला बगैँचा विस्तार गरेका ४३ वटा समूह, सहकारी र फार्मले प्रविधि, पूर्वाधार, विषादी र औजार खरिदका लागि रु ४७ लाख १४ हजार अनुदान पाएका छन् ।

तरकारी बाली आयोजनामार्फत आठ लाख ६६ हजार, खाद्यान्न बाली प्रवर्द्धन कार्यक्रमबाट नौ लाख ९२ हजार, फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण सहयोग कार्यक्रममार्फत ६ लाख ६३ हजार, फलफूल बगैँचा स्थापना तथा विस्तारका लागि सात लाख २० हजार र मसला तथा निर्यातयोग्य बाली प्रवर्द्धन आयोजनामार्फत पाँच लाख ९८ हजार रुपैयाँ अनुदान वितरण गरिएको छ ।

परम्परागत बालीको प्रशोधन तथा बजारीकरण प्रवर्द्धन कार्यक्रमबाट सात लाख ६१ हजार, परम्परागत बाली उत्पादन प्रवर्द्धन कार्यक्रमबाट नौ लाख २८ हजार, ग्रामीण पोषण सुरक्षण कार्यक्रममार्फत १७ लाख ८६ हजार र जलवायुमैत्री प्रविधि प्रवर्द्धन कार्यक्रममार्फत चार लाख ९८ हजार अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रले सञ्चालन गरेका विभिन्न प्राविधिक तालिममा नौ सय ९९ सहभागी भएका छन् । (रासस)

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १० : ०३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह