ऊर्जा मन्त्री भन्छन्- भारततिर ८ सय मेगावाट बिजुली गइरहेको छ, ट्रिपिङले दु:ख दियो, लोडसेडिङ कहीँ छैन « Khabarhub

ऊर्जा मन्त्री भन्छन्- भारततिर ८ सय मेगावाट बिजुली गइरहेको छ, ट्रिपिङले दु:ख दियो, लोडसेडिङ कहीँ छैन


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय चितवनसहितका स्थानमा लोडसेडिङ भएको समाचार आइरहेका छन् ।

बिजुली जाने क्रम बढिरहेको भन्दै उपभोक्ताले ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको आलोचना गरिरहेका छन् ।

आलोचना चिर्न कार्यकारी निर्देशक शाक्य सोमबार चितवनको स-स्टेशनमा काठमाडौंबाट आफैँ खटिए । उता ऊर्जामन्त्री खड्का पनि सुदूरपश्चिम क्षेत्रका सव-स्टेशनको स्थलगत निरीक्षमा लागिरहेका छन् ।

चितवनसहितका विभिन्न स्थानमा पछिल्लो समय लोडसेडिङ बढ्दै गएको गुनासो सार्वजनिक भइरहेका बेला ऊर्जा मन्त्री खड्का र नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) का कार्यकारी निर्देशक शाक्य आफैं विभिन्न स्थानका सव-स्टेशन अनुमगनमा जुटेका हुन् ।

बिजुली जाने क्रम तीव्र भएको भन्दै चितवन लगायतका बासिन्दाले सामाजिक सञ्जालमा असन्तुष्टि पोखिरहेका छन्।

आलोचनालाई चिर्न कार्यकारी निर्देशक शाक्य स्वयम् सोमबार चितवनस्थित स-स्टेशनमा निरीक्षणका लागि काठमाडौंबाट खटिएका छन्।

उता ऊर्जा मन्त्री दीपक खड्का पनि सुदूरपश्चिम प्रदेशका विभिन्न सव-स्टेशनको स्थलगत निरीक्षणमा व्यस्त छन्।

ऊर्जा मन्त्री खड्काले मंगलबार सामाजिक सञ्जालमार्फत लम्कीचुहामा रहेको प्रसारण ग्रिडको निरीक्षणबारे जानकारी दिएका छन्।

‘लोडसेडिङ देशभर छैन। हामी ७०० देखि ८०० मेगावाट भारत र ४० मेगावाट बंगलादेशमा दैनिक विद्युत् निर्यात गर्दैछौं’, उनले भने, ‘तर बेला-बेलामा देखिने ट्रिपिङका कारण जनताले भोग्नुपर्ने दुःख हटाउन निर्देशन दिइरहेका छौं।’

मन्त्री खड्काले कैलालीको लम्कीचुहा नगरपालिस्थित १३२/३३/११ केभी सव-स्टेशनको निरीक्षण गरेको जानकारी दिएका छन्। कैलाली, बर्दिया र सुर्खेत लगायतमा ट्रिपिङ समस्या समाधान गर्दै भरपर्दो विद्युत् सेवा दिन निर्देशन दिइएको उनले बताए ।

ऊर्जा वितरण प्रणालीलाई समयअनुकूल बनाउने दिशामा मन्त्रालयको पूर्ण सहयोग रहने उनले बताए । मन्त्री खड्काले २४ घण्टा विद्युत् आपूर्ति सुनिश्चित गर्ने गरी काम गर्न पनि प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १ : १७ बजे

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर