सवारी दुर्घटनामा परेर दोलखाका ९ जनाले ज्यान गुमाए  « Khabarhub

सवारी दुर्घटनामा परेर दोलखाका ९ जनाले ज्यान गुमाए 


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लामा आर्थिक वर्ष २०८१-०८२ सवारी दुर्घटनामा परेर ९ जनाले ज्यान गुमाएका छन् ।

 जिल्ला ट्राफिक प्रहरी कार्यालयको वार्षिक तथ्यांकअनुसार आर्थिक वर्ष सुरु भए देखि अर्थात २०८१ श्रावण १ गते देखि २०८२ असार मसान्तसम्म ३९ वटा सवारी दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने १२ जना गम्भिर घाईते र ६९ जना सामान्य घाईते भएका छन् । 

दुर्घटनामा परि मृत्यु हुनेमा ३ पुरुष, ५ महिला र १ जना बालक रहेको र गम्भिर घाईते हुनेहरूमा ७ पुरुष, ४ महिला र १ जना बालिका रहेको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रमुख ठाकुरप्रसाद भट्टराईले बताए। त्यसैगरी कार्यालयले सोही अवधिमा  ४ हजार  ८ सय ८५ वटा सवारी कारवाहीबाट  ४५ लाख ७७ हजार ५ सय राजस्व संकलन गरेको जनाएको छ।

कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा सवारी दुर्घटनामा कमी आएको हो। कार्यालयले गत वर्षभर दुर्घटना न्यूनीकरणको लागि विभिन्न सचेतना कार्यक्रम समेत सञ्चालन गरेको थियो। 

आर्थिक वर्षभित्र विद्यार्थीहरूलाई ३१ पटक जनचेतना कार्यक्रम कक्षा सञ्चालन गरिएको जनाईएको छ जसमा ४ हजार ६ सय ५२ जना सहभागि भएका थिए ।

यसैगरी ४ सय पटक चालक यात्रु मैत्री कार्यक्रम सञ्चालन गरिएको थियो, जसबाट ३४ हजार ४ सय ९९ जना लाभान्वित भएको कार्यालय प्रमुख भट्टराईले बताए।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ७ : ३३ बजे

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई