दाङखोलामा अलपत्र पुल बनाउन दबाब « Khabarhub

दाङखोलामा अलपत्र पुल बनाउन दबाब


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– दाङखोलामा ठेक्का सम्झौता भएको छ वर्षसम्म पनि निर्माण सुरु नभएको पुल बनाउन सरोकार भएका निकायका प्रतिनिधिले दबाब दिएका छन् ।  

दरवाङ–दाङखोला–धारापानी–ताकम–मुना–लुलाङ–गुर्जा सडकअन्तर्गत मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ को सिमानामा पर्ने दाङखोलामा मोटरेबल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जेभी पोखराबीच विसं २०७६ जेठ २२ गते रु एक करोड ९३ लाख २९ हजार ४५७ मा ठेक्का सम्झौता भएको थियो ।

विसं २०७७ जेठ २० गते सम्पन्न गर्ने लक्ष्य राखिएको १८ मिटर लामो मोटरेबल पुल निर्माण सुरु गर्ने तयारी भएको बेला दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको बाँधका कारण दाङखोला डुबान क्षेत्रमा पर्ने हुँदा प्रस्ताव गरिएको भन्दा दुई सय मिटर माथि पुल बनाउन प्रदेश सरकारलाई आग्रह गर्ने र सरकारी निकायबाट पुल नबनेको अवस्थामा आयोजनाले बनाउने सहमति भएको थियो ।

जलविद्युत् आयोजनाले समयमा काम गर्न नदिएको, बाँधका कारण समस्या भएकोलगायत कारण देखाएर निर्माण व्यवसायी अदालत जाँदा पुल निर्माण सुरु हुन नसकेको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए। आयोजनाले सहमतिअनुसार पुल निर्माण गर्नुपर्नेमा नगरेको उनको भनाइ छ ।

विसं २०७५ मा दाङखोलामा धवलागिरि गाउँपालिकाले निर्माण गरेको अस्थायी मोटेरबल पुल जीर्ण भएको हुनुका साथै नयाँ पुल निर्माण नहुँदा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवतजावत गर्न समस्या भएको छ । 

दाङखोलामा पुल नबनेको विषयमा मौखिक रूपमा गरिएको आग्रह तथा धवलागिरि–७ कार्यालयबाट गत चैत २१ गते भएको पत्राचारको विषयमा जलविद्युत् आयोजनाले सुनुवाइ नगरेपछि सरोकार भएकाहरूको मङ्गलबार फेदीमा बसेको बैठकले दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको जुग्जालीले जानकारी दिए । 

उनका अनुसार सर्वपक्षीय, सर्वदलीय बैठकको निर्णय कार्यान्वयनका लागि मंगलबार मालिका गाउँपालिकाको दुखुस्थित दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको कार्यालयमा जानकारी गराइएको छ । 

धवलागिरि कालिका हाइड्रोका निर्देशक तेजेन्द्र रोकाले दाङखोलाबाट हाल बाँध निर्माणस्थल इल्पुमा सारिएको जनाउँदै मोटरेबल पुलको विषयमा आफू नयाँ सञ्चालक भएकाले पुरानो सहमतिको विषयमा जानकार नभएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १ : ०३ बजे

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई