दाङखोलामा अलपत्र पुल बनाउन दबाब | Khabarhub Khabarhub

दाङखोलामा अलपत्र पुल बनाउन दबाब


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– दाङखोलामा ठेक्का सम्झौता भएको छ वर्षसम्म पनि निर्माण सुरु नभएको पुल बनाउन सरोकार भएका निकायका प्रतिनिधिले दबाब दिएका छन् ।  

दरवाङ–दाङखोला–धारापानी–ताकम–मुना–लुलाङ–गुर्जा सडकअन्तर्गत मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ को सिमानामा पर्ने दाङखोलामा मोटरेबल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जेभी पोखराबीच विसं २०७६ जेठ २२ गते रु एक करोड ९३ लाख २९ हजार ४५७ मा ठेक्का सम्झौता भएको थियो ।

विसं २०७७ जेठ २० गते सम्पन्न गर्ने लक्ष्य राखिएको १८ मिटर लामो मोटरेबल पुल निर्माण सुरु गर्ने तयारी भएको बेला दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको बाँधका कारण दाङखोला डुबान क्षेत्रमा पर्ने हुँदा प्रस्ताव गरिएको भन्दा दुई सय मिटर माथि पुल बनाउन प्रदेश सरकारलाई आग्रह गर्ने र सरकारी निकायबाट पुल नबनेको अवस्थामा आयोजनाले बनाउने सहमति भएको थियो ।

जलविद्युत् आयोजनाले समयमा काम गर्न नदिएको, बाँधका कारण समस्या भएकोलगायत कारण देखाएर निर्माण व्यवसायी अदालत जाँदा पुल निर्माण सुरु हुन नसकेको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए। आयोजनाले सहमतिअनुसार पुल निर्माण गर्नुपर्नेमा नगरेको उनको भनाइ छ ।

विसं २०७५ मा दाङखोलामा धवलागिरि गाउँपालिकाले निर्माण गरेको अस्थायी मोटेरबल पुल जीर्ण भएको हुनुका साथै नयाँ पुल निर्माण नहुँदा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवतजावत गर्न समस्या भएको छ । 

दाङखोलामा पुल नबनेको विषयमा मौखिक रूपमा गरिएको आग्रह तथा धवलागिरि–७ कार्यालयबाट गत चैत २१ गते भएको पत्राचारको विषयमा जलविद्युत् आयोजनाले सुनुवाइ नगरेपछि सरोकार भएकाहरूको मङ्गलबार फेदीमा बसेको बैठकले दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको जुग्जालीले जानकारी दिए । 

उनका अनुसार सर्वपक्षीय, सर्वदलीय बैठकको निर्णय कार्यान्वयनका लागि मंगलबार मालिका गाउँपालिकाको दुखुस्थित दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको कार्यालयमा जानकारी गराइएको छ । 

धवलागिरि कालिका हाइड्रोका निर्देशक तेजेन्द्र रोकाले दाङखोलाबाट हाल बाँध निर्माणस्थल इल्पुमा सारिएको जनाउँदै मोटरेबल पुलको विषयमा आफू नयाँ सञ्चालक भएकाले पुरानो सहमतिको विषयमा जानकार नभएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १ : ०३ बजे

छोराको निधनपछि गौरवको परिवार सहाराविहीन

सुदूरपश्चिम– विदेश गएर कमाइ गरी परिवारको सहज जीविकोपार्जनमा बुबालाई सहयोग

माधव नेपालको प्रस्ताव- समान बिचार भएका पार्टीबीच एकता गर्न ढिला गर्नुहुँदैन

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको घोषणा

मौसम सुधार भएपछि सहज बन्दै मनाङको अवस्था

मनाङ– गत सोमबारदेखि परेको हिमपात रोकिएको छ। मौसममा आएको सुधारले

रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

जुम्ला– आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा रहेको रारा

खाद्य कम्पनीद्वारा कैलालीमा धान खरिद सुरु

अत्तरिया– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले