पाकिस्तानमा बालश्रम शोषणको अवस्था भयावह « Khabarhub

पाकिस्तानमा बालश्रम शोषणको अवस्था भयावह


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा बालश्रम शोषणको भयावह अवस्था सार्वजनिक भएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा मात्रै १३ लाख बालबालिका श्रम गर्न बाध्य रहेको पाइएको छ । यीमध्ये ६५ प्रतिशत कृषि क्षेत्रमा काम गर्न बाध्य छन् ।

पाकिस्तानको श्रम विभागले संयुक्त राष्ट्रसंघीय बालकोषसँगको सहकार्यमा सिन्ध बालश्रम सर्वेक्षण २०२३–२४ जारी गरेको छ । यस सर्वेक्षण अनुसार प्रान्तमा श्रम गर्न बाध्य १३ लाख बालबालिकामध्ये झण्डै दुई तिहाइ कृषि क्षेत्रमा आबद्ध छन् ।

त्यसैगरी, पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणमा प्रकाशित प्रतिवेदन अनुसार १२.४ प्रतिशत बालबालिका उत्पादन क्षेत्रमा र १०.८ प्रतिशत खुद्रा तथा थोक व्यापारमा आबद्ध छन् ।

३० वर्षअघि पनि पहिलो पटक यस्तै सर्वेक्षण गरिएको थियो । त्यस सर्वेक्षणमा बालश्रम शोषण अन्त्य गर्न कठोर नीति लागू गर्नका लागि आवश्यक प्रमाण तयार पारिएको थियो ।

३० वर्षअघि सन् १९९६ को सर्वेक्षणयता सिन्धमा बालश्रम शोषणमा आधाले गिरावट आएको देखिएको छ । त्यसबेला श्रम गर्न बाध्य बालबालिका २०.६ प्रतिशत रहेका थिए । हाल भने यो सङ्ख्या १०.३ प्रतिशत रहेको छ ।

सवेक्षणमा ४४.३ प्रतिशत अभिभावकले परिवारको आम्दानीमा योगदान पुर्‍याउनका लागि आफ्ना बालबालिकालाई श्रममा लगाउने गरेको पाइएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ६ : ०६ बजे

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बुढीगण्डकी बाढीपीडितले तीन दिनपछि पाए २८ वटा टेन्ट (तस्बिरहरू)

काठमाडौँ– बुढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका स्थानीयका लागि रेडक्रसले

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

पाँच देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको