अब चुनाव प्रविधिमैत्री हुनुपर्छ : सागर ढकाल « Khabarhub

अब चुनाव प्रविधिमैत्री हुनुपर्छ : सागर ढकाल


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेन–जी आन्दोलनका अगुवाहरूले राष्ट्रपतिसँग औपचारिक सम्झौताको तयारी भइरहेको बताएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बुधबार बालुवाटारमा भएको त्रिपक्षीय छलफलपछि सागर ढकालले निकट भविष्यमै सम्झौता हुने बताए।

प्रधानमन्त्री कार्कीले सरकार, राजनीतिक दल र जेन–जीका प्रतिनिधिहरूबीच आगामी चुनाव, संविधान संशोधन र राजनीतिक स्थायित्वका विषयमा छलफलका लागि बैठक आह्वान गरेकी थिइन्। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ढकालले भने, ‘जेन–जीसँग सहमति पनि हुन बाँकी छ, तर केही दिनमै राष्ट्रपतिसँग औपचारिक सम्झौता हुनेछ। हामीले त्यसमा संविधान सुधारलगायतका मागहरू राखेका छौँ।’

यस्तै उनले अबको निर्वाचन प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । ‘आई–भोटिङ’ र ‘आईबीएम भोटिङ’ प्रणाली जस्ता प्रविधि अपनाएर विदेश र अन्य जिल्लामा रहेका मतदातालाई पनि मतदानको अधिकार दिलाउनुपर्ने उनकाे सुझाव छ ।

उनले भने, ‘काठमाडौंमा भोजपुर र ताप्लेजुङका मतदाता हुनुहुन्छ, उहाँहरूलाई त्यहाँ लैजाने कुराबाटै भ्रष्टाचार सुरु हुन्छ।’

बैठकमा सहभागी करिब ९० प्रतिशत प्रतिनिधिहरू आगामी फागुन २१ गते हुने चुनावमा सहभागी हुनुपर्ने पक्षमा रहेको पनि उनले बताए।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १० : ३० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल