एमालेबाहेक सबै दल चुनावका लागि तयार देखिएः जेनजी प्रतिनिधि | Khabarhub Khabarhub

एमालेबाहेक सबै दल चुनावका लागि तयार देखिएः जेनजी प्रतिनिधि


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुधबार साँझ बालुवाटारमा सकिएको सरकार, राजनीतिक दल र जेन–जीका प्रतिनिधिको पहिलो बैठकमा जेन–जीका प्रतिनिधिले सबै दललाई चुनावमा सहभागी हुन आग्रह गरेका छन्।

भदौ २३ गतेको जेनजी आन्दोलनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमति लिएकामध्येका एक खेमराज साउदले नेकपा एमालेबाहेक सबै दलका प्रतिनिधिले चुनावमा सहभागी हुने तर सरकारले वातावरण बनाउनुपर्ने बताएका जानकारी दिए।

‘जेन–जी आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै लानुपर्छ भन्नेमा अरु पार्टीले पनि सहयोग गर्ने भनेका छन्, त्यसमा एमालेकोचाहिँ फरक धारणा आएको थियो,’ उनले भने, ‘संसद् पुनःस्थापना गर्नुपर्छ भन्ने खालको कुरा आएको थियो र हामीले त्यो हुनु हुँदैन भन्यौं।’

छलफलमा सहभागी सबैलाई आफूहरूले देशको परिस्थिति फरक अवस्थामा रहेको भन्दै उनले चुनाव गरेर नयाँ सरकार गठनका लागि एक हुन आग्रह गरिएको पनि बताए।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १० : २० बजे

आइपिएल अक्सनको मिति तोकियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को अक्सन यूएईको

विश्वकप छनोट : रोनाल्डोले रातो कार्ड पाएको खेलमा पोर्चुगल २-० ले पराजित

काठमाडौं – विश्वकप छनोट अन्र्गत गएराति भएको खेलमा पोर्चुगल पराजित

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर