एमाले महाधिवेशनका लागि इलामबाट सबै प्रतिनिधि सर्वसम्मत « Khabarhub

एमाले महाधिवेशनका लागि इलामबाट सबै प्रतिनिधि सर्वसम्मत


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामबाट नेकपा एमालेको ११औं महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन् । दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लाबाट खुला, आरक्षित र महिला कोटा गरी २० जना प्रतिनिधि छानिएका हुन्।

इलाम–१ बाट युवातर्फ निरोज पौडेल चयन भएका छन्। महिलातर्फ उमादेवी सुनुवार, शकुन्तला लेप्चा र सावित्रा शिवा निर्विरोध बने। खुलातर्फ उदयबहादुर राई, उमेश गुरुङ, काजीमान कागते, खम्बसिंह लिम्बु र दीपककुमार थेबे चयन भए।

इलाम–२ मा युवातर्फ रामप्रसाद सुवेदी (रविन्द्र) चयन भएका छन्। महिलातर्फ टीकादेवी घिमिरे, दिलकुमारी लिम्बु र पबिमाया राई सर्वसम्मत बने।

विघटित प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङ समेत खुलातर्फबाट प्रतिनिधि चयन भएका छन्। नेम्वाङसँगै केशवकुमार धौराली, गणेशप्रसाद बराल, दिपेन्द्र खनाल, महेश बस्नेत र हेमन्त राई पनि सर्वसम्मत चयन भए। दलित कोटाबाट देवेन्द्र विश्वकर्मा निर्विरोध प्रतिनिधि बने।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ५ : ०२ बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।