एमाले महाधिवेशनका लागि इलामबाट सबै प्रतिनिधि सर्वसम्मत « Khabarhub

एमाले महाधिवेशनका लागि इलामबाट सबै प्रतिनिधि सर्वसम्मत


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामबाट नेकपा एमालेको ११औं महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन् । दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लाबाट खुला, आरक्षित र महिला कोटा गरी २० जना प्रतिनिधि छानिएका हुन्।

इलाम–१ बाट युवातर्फ निरोज पौडेल चयन भएका छन्। महिलातर्फ उमादेवी सुनुवार, शकुन्तला लेप्चा र सावित्रा शिवा निर्विरोध बने। खुलातर्फ उदयबहादुर राई, उमेश गुरुङ, काजीमान कागते, खम्बसिंह लिम्बु र दीपककुमार थेबे चयन भए।

इलाम–२ मा युवातर्फ रामप्रसाद सुवेदी (रविन्द्र) चयन भएका छन्। महिलातर्फ टीकादेवी घिमिरे, दिलकुमारी लिम्बु र पबिमाया राई सर्वसम्मत बने।

विघटित प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङ समेत खुलातर्फबाट प्रतिनिधि चयन भएका छन्। नेम्वाङसँगै केशवकुमार धौराली, गणेशप्रसाद बराल, दिपेन्द्र खनाल, महेश बस्नेत र हेमन्त राई पनि सर्वसम्मत चयन भए। दलित कोटाबाट देवेन्द्र विश्वकर्मा निर्विरोध प्रतिनिधि बने।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ५ : ०२ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष