दोलखामा एमाले प्रतिनिधि सर्वसम्मत « Khabarhub

दोलखामा एमाले प्रतिनिधि सर्वसम्मत


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोलखाले पार्टीको ११औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ । 

नेकपा (एमाले) दोलखाले आज एक पत्रकार सम्मेलन आयोजना गर्दै सर्वसम्मत प्रतिनिधि चयन गरेको जानकारी दिएको हो । 

महाधिवेशन प्रतिनिधिहरूमा खुलातर्फ  मेलुङ गाउँपालिकाबाट प्रतिनिधित्व गर्दै जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, भिमेश्वर नगरपालिकाबाट भरतबहादुर केसी, तामाकोशी गाउँपालिकाबाट ईश्वर पोखरेल र कालिञ्चोक गाउँपालिकाबाट डबल पाण्डे प्रतिनिधिमा चयन भए । 

महिलातर्फ बैतेश्वर गाउँपालिकाबाट शान्तिकुमारी तामाङ, गौरीशंकर गाउँपालिकाबाट उर्मिला थामी र बिगु गाउँपालिकाबाट शारदा राणा छनोट हुनु भएको जनाइएको छ । 

दलिततर्फबाट शैलुङ गाउँपालिकाबाट विशाल बिक र युवातर्फ जिरी नगरपालिकाबाट लक्ष्मण गुभाजु महाधिवेशन प्रतिनिधिमा चयन गरिएको एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए।

जिल्लाबाट जम्मा नौ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरिएको उनले बताए। एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा तय गरिएको छ । 

दोलखामा दुई पोलिटब्युरो सदस्यहरू भएको जिल्लामा ९ महाधिवेशन प्रतिनिधि मध्ये ५ पार्वत गुरुङ पक्षधर र आनन्दप्रसाद पोखरेल पक्षधर चयन छ । 
 

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ५ : १९ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष