दोलखामा एमाले प्रतिनिधि सर्वसम्मत « Khabarhub

दोलखामा एमाले प्रतिनिधि सर्वसम्मत


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोलखाले पार्टीको ११औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ । 

नेकपा (एमाले) दोलखाले आज एक पत्रकार सम्मेलन आयोजना गर्दै सर्वसम्मत प्रतिनिधि चयन गरेको जानकारी दिएको हो । 

महाधिवेशन प्रतिनिधिहरूमा खुलातर्फ  मेलुङ गाउँपालिकाबाट प्रतिनिधित्व गर्दै जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, भिमेश्वर नगरपालिकाबाट भरतबहादुर केसी, तामाकोशी गाउँपालिकाबाट ईश्वर पोखरेल र कालिञ्चोक गाउँपालिकाबाट डबल पाण्डे प्रतिनिधिमा चयन भए । 

महिलातर्फ बैतेश्वर गाउँपालिकाबाट शान्तिकुमारी तामाङ, गौरीशंकर गाउँपालिकाबाट उर्मिला थामी र बिगु गाउँपालिकाबाट शारदा राणा छनोट हुनु भएको जनाइएको छ । 

दलिततर्फबाट शैलुङ गाउँपालिकाबाट विशाल बिक र युवातर्फ जिरी नगरपालिकाबाट लक्ष्मण गुभाजु महाधिवेशन प्रतिनिधिमा चयन गरिएको एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए।

जिल्लाबाट जम्मा नौ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरिएको उनले बताए। एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा तय गरिएको छ । 

दोलखामा दुई पोलिटब्युरो सदस्यहरू भएको जिल्लामा ९ महाधिवेशन प्रतिनिधि मध्ये ५ पार्वत गुरुङ पक्षधर र आनन्दप्रसाद पोखरेल पक्षधर चयन छ । 
 

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ५ : १९ बजे

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन