प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्ने « Khabarhub

प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्ने


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले देशभर भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । प्रलोपाको विस्तारित बैठकले जिएस गुरुङको नेतृत्वमा कार्यदल बनाउने निर्णय गरेको हो । 

अध्यक्ष परिषद्का अध्यक्ष दुर्गा सोबले आज प्रेस विज्ञप्तिमार्फत विस्तारित बैठकले कार्यदलका सदस्यहरू जटिल कार्की, अमित खनाल ऊर्जा, सम्झना राई, ध्रुवप्रसाद काप्री, मञ्जु मिक्चान र दीपक महतो रहने गरी कार्यदल बनाउने निर्णय गरेको जानकारी दिए । 

विज्ञप्तिमा भनिएको छ,’राष्ट्रिय स्वाधीनता, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा तथा भ्रष्टाचार र विभेदविरुद्ध एकजुट हुन सम्पूर्ण प्रगतिशील, लोकतान्त्रिक र वामपन्थी शक्तिलाई आह्वान गर्दछौँ । साथै, तोकिएको समयमा निर्वाचन गराउनका लागि वातावरण बनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै पार्टीले बृहत् एकीकरण, ध्रुवीकरण र सहकार्यका लागि वार्ता गर्ने पनि निर्णय गरेको छ ।’

गत आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कर्मी, सुदन किराती, सन्तोष परियारलगायत नेताहरूको सक्रियतामा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) घोषणा गरिएको थियो । 

प्रलोपाको अध्यक्ष परिषद्को विस्तारित बैठकले केन्द्रीय समितिको प्रथम पूर्ण बैठक यही मङ्सिर २५–२६ गते सम्पन्न गर्ने, विधान निर्माण, केन्द्रीय समितिको आकार र विभागहरू नामकाजी नभएर कामकाजी बनाउने, निर्वाचन क्षेत्रमा खट्ने सक्रिय युवालाई प्रत्येक निर्वाचन क्षेत्रबाट केन्द्रीय समितिमा समेट्ने गरी प्राथमिकता दिने, केन्द्रीय आयोग, केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र प्रदेश अध्यक्ष परिषद्सम्म पदेन केन्द्रीय समितिको भूमिकामा रहने व्यवस्थासहित प्रस्ताव गर्ने निर्णय गरेको अध्यक्ष परिषद्का अध्यक्ष सोबले जानकारी दिए।

उनका अनुसार आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सदस्य निर्वाचन र सुशासन केन्द्रित प्रचारप्रसारलाई तीव्रता दिन आइटी सञ्चारलाई व्यवस्थित गर्ने पनि पार्टीले निर्णय गरेको छ । 
 

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ७ : ५६ बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।