सार्दीखोला विद्यार्थी सहयोग समितिद्वारा प्रअ आचार्य सम्मानित « Khabarhub

सार्दीखोला विद्यार्थी सहयोग समितिद्वारा प्रअ आचार्य सम्मानित


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्की माछापुच्छ्रे गाउँपालिका–२, भुर्जुङखोलामा सार्दीखोला विद्यार्थी सहयोग समितिले आफ्नो ३० औँ स्थापना दिवसमा शिक्षक सम्मान, छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण गरेको छ ।

समितिले माछापुच्छ्रे – १, २ र ३ भित्रका १२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका २६० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई कूल  रु सात लाख ४२हजार बराबरको छात्रवृत्ति रकम, शैक्षिक सामग्री तथा पुरस्कार प्रदान गरेको हो ।

हालै आयोजित एक कार्यक्रममा संस्कृतिविद् डा जगमान गुरुङले प्रधानाध्यापक सन्तोष आचार्यलाई पुरस्कार तथा अन्य सहयोग सामाग्री प्रदान गरे । 

माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङखोलाका प्रधानाध्यापक तथा माछापुच्छ्रे गाउँपालिकाका उत्कृष्ट प्रधानाध्यापक सन्तोष आचार्यलाई विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा पुर्‍याएको दीर्घकालीन, नेतृत्वदायी र अतुलनीय योगदानको उच्च कदर गर्दै रु पचास हजार नगद, दोसल्ला तथा सम्मानपत्रसहित विशेष सम्मान प्रदान गरिएको छ ।

सो अवसरमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने शिक्षकहरूलाई विशेष सम्मान गरिएको  थियो । माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङखोलाका शिक्षक एलिसा अधिकारी र सङ्गीता गुरुङ, मेघराज आधारभूत विद्यालय, घाचोककी शिक्षक सपना मिजार, तथा अन्नपूर्ण आधारभूत विद्यालय, मिर्साकी शिक्षक तिलकुमारी गुरुङलाई उत्कृष्ट शिक्षकका रूपमा जनही रु छ हजार  नगद, दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरिएको हो । शिक्षक छनोट विद्यालय, समुदाय र अभिभावकको सिफारिसका आधारमा गरिएको समितिले जनाएको छ ।
 
कार्यक्रममा वक्ताहरूले उत्कृष्ट शिक्षकहरू समुदायका साझा सम्पत्ति भएको उल्लेख गर्दै यस्ता सम्मान कार्यक्रमले शिक्षकहरूको मनोबल अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई शिक्षण पेसाप्रति आकर्षित गर्ने विश्वास व्यक्त गरेका थिए ।

विसं २०५३ मा  माछापुच्छ्रे माध्यमिक विद्यालयका पूर्व विद्यार्थी भीम तामाङद्वारा स्थापित उक्त समितिले विगत तीन दशकदेखि विद्यार्थीको शैक्षिक उत्थान, प्रतिभा विकास र शिक्षा क्षेत्रमा चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित निरन्तर सामाजिक तथा शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ । रासस
 

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ११ : ५६ बजे

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री