युक्रेन संकट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यक : ट्रम्प « Khabarhub

युक्रेन संकट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यक : ट्रम्प


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन संकट समाधानका लागि हुने शान्ति सम्झौतामा कुनै निश्चित समयसीमा नरहेको बताएका छन् । 

फ्लोरिडाको पाम बीचस्थित आफ्नो मार–ए–लागो निवासमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘मेरो कुनै डेडलाइन छैन । मेरो एक मात्र लक्ष्य युद्ध अन्त्य गर्नु हो ।’

सन् २०२५ को अन्त्यसम्म शान्ति सम्झौता हुने अपेक्षा छ कि छैन भन्ने प्रश्नमा ट्रम्पले भने, ‘यो परिस्थितिमा भर पर्छ । मलाई लाग्छ सम्झौताका लागि आधार तयार भएको छ,’ तर युक्रेन संकट समाधान गर्न निकै कठिन भएको पनि उनले स्वीकार गरे।

राष्ट्रपति जेलेन्स्कीले भेटमा २० बुँदे शान्ति योजनाको पछिल्लो मस्यौदा र समाधान प्रक्रियाको चरणबद्ध कार्यान्वयनबारे छलफल हुने बताए। 

‘रणनीतिबारे हाम्रो टोलीबीच समन्वय अत्यन्तै महत्वपूर्ण छ, जसले शान्तिलाई नजिक ल्याउन मद्दत गर्छ,’ उनले थपे। 

यसअघि ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको फोन वार्ता ‘राम्रो र निकै फलदायी’ भएको बताएका थिए । रूसी राष्ट्रपति सहयोगी युरी उशाकोभका अनुसार ट्रम्प र पुटिन दुवैले अस्थायी युद्धविरामले संकट लम्ब्याउने र फेरि द्वन्द्व चर्किने जोखिम बढाउने साझा धारणा राखे ।

फ्लोरिडामा भएको भेटवार्तामा सम्भावित युद्धविराम, प्रस्तावित असैन्य क्षेत्र, जापोरिज्झिया आणविक विद्युत् केन्द्रको व्यवस्थापन, डोनबास क्षेत्रको नियन्त्रण तथा युद्धपछिका सुरक्षा ग्यारेन्टीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १ : १७ बजे

रास्वपा समानुपातिकको प्रारम्भिक निर्वाचनमा रञ्जु र रमेशलाई लोकप्रिय मत

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रारम्भिक मतदानको

राजनीतिमा लागेकी एलिजाको अज्ञानताले उठाएको प्रश्न : सधैँ जीब्रोलाई दोष दिएर उम्कन पाइन्छ ?

काठमाडौं- वरिष्ठ तथा सेलिब्रेटी पत्रकार ऋषि धमाला पत्नी हुन्–एलिजा गौतम

स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमाका प्रावधानहरू

मुक्तिनाथ मन्दिरको दर्शन गरे मोक्ष मिल्ने जनविश्वास (तस्बिरहरू)

काठमाडौं– मुस्ताङ जिल्लामा समुद्र सतहदेखि ३,७१० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ

प्रतिनिधिसभा निर्वाचन : कैलालीमा १२ मतदान केन्द्र थप

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलालीमा