काठमाडौं- नेकपा एमाले छाडेको चार वर्षपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका वामदेव गौतमले फेरि चुनाव लड्ने तयारी गरेका छन् ।
नेकपा बर्दियाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार सिफारिस गर्दा वामदेवको नाम १ नम्बरमा राखेको हो ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ प्रत्यक्षतर्फ नेता वामदेव गौतम र अर्का नेता शक्तिबहादुर बस्नेतको पनिन नाम छ ।
२०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री एवम् तत्कालीन एमाले नेता गौतमलाई कांग्रेस उम्मेदवार सञ्जय गौतमले ७५३ मतले हराएका थिए ।
सञ्जयले ४४ हजार ८ सय २९ मत ल्याउँदा वामदेवले ४४ हजार ७६ मत ल्याएका थिए । त्यसपछि उनी २०७९ को चुनावमा सहभागी भएनन् ।
त्यसअघि नै २०७७ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।
तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो ।













प्रतिक्रिया