सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउनुपर्छ : उपराष्ट्रपति यादव « Khabarhub

सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउनुपर्छ : उपराष्ट्रपति यादव


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तराई मधेसका सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउन थप प्रयास आवश्यक रहेको बताएका छन् ।

सोमबार ललितपुरमा राष्ट्रिय दलित आयोगको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक तथा उजुरी व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै उपराष्ट्रपति यादवले तराई मधेसका दलित समुदाय अझै पनि शिक्षा, स्वास्थ्य र राजनीतिक पहुँचबाट बाहिर रहेको उल्लेख गरे । उनीहरूलाई मूलधारमा ल्याउन आयोगले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

उपराष्ट्रपति यादवले दलित समुदायभित्रै विद्यमान विभेद र छुवाछुतको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यसलाई अन्त्य गर्न आयोगको अग्रसरता अपरिहार्य रहेको बताए । समाजमा रहेका विसंगति र भेदभाव हटाउने चुनौती समाधान गर्न राष्ट्रिय दलित आयोग प्रतिबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

पञ्चवर्षीय रणनीतिक योजनाले आयोगको संस्थागत सुदृढीकरण, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा जातीय भेदभाव र छुवाछुत अन्त्यमा सहयोग पुग्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गरे ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  २ : ३८ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका