सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउनुपर्छ : उपराष्ट्रपति यादव « Khabarhub

सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउनुपर्छ : उपराष्ट्रपति यादव


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तराई मधेसका सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउन थप प्रयास आवश्यक रहेको बताएका छन् ।

सोमबार ललितपुरमा राष्ट्रिय दलित आयोगको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक तथा उजुरी व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै उपराष्ट्रपति यादवले तराई मधेसका दलित समुदाय अझै पनि शिक्षा, स्वास्थ्य र राजनीतिक पहुँचबाट बाहिर रहेको उल्लेख गरे । उनीहरूलाई मूलधारमा ल्याउन आयोगले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

उपराष्ट्रपति यादवले दलित समुदायभित्रै विद्यमान विभेद र छुवाछुतको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यसलाई अन्त्य गर्न आयोगको अग्रसरता अपरिहार्य रहेको बताए । समाजमा रहेका विसंगति र भेदभाव हटाउने चुनौती समाधान गर्न राष्ट्रिय दलित आयोग प्रतिबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

पञ्चवर्षीय रणनीतिक योजनाले आयोगको संस्थागत सुदृढीकरण, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा जातीय भेदभाव र छुवाछुत अन्त्यमा सहयोग पुग्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गरे ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  २ : ३८ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित