कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै « Khabarhub

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित हुने भएको छ।

कमल पोखरीमा सोमबार साँझ कुलमान, रवि र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको वार्तामा यो सहमति भएको हो ।

यी तीनजनालाई जेन-जी अभियन्ता सुधन गुरुङले वार्तामा बसाएका थिए । अब समानुपातिकतर्फको अन्तिम सूची पनि एकता सहमतिअनुसार समायोजन गरेर निर्वाचन आयोगमा लगिनेछ ।

कुलमानले यसअघि फागुन २१ को निर्वाचनपछि प्रधानमन्त्रीको दाबी गरेका थिए । तर पछिल्लो समय उनले रास्वपामा आफूलाई दोस्रो वरीयता र २५ प्रतिशत हिस्सा चाहिने अडान राखेका थिए ।

तीन नेताबीच सहमति भएको खबर उनै सुदनले सार्वजनिक गरेका हुन् । अब तीनजनाबीच हस्ताक्षरपछि समानुपातिक सूची आयोगमा लगिनेछ । तर के कस्तो सहमति जुट्यो भन्ने बाहिर आइसकेको छैन ।

सहमति जुटेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप उपाध्याय लगायतका नेताहरू कमल पोखरी पुगेका छन् । सुदन गुरुङले राष्ट्रियता र एकताका लागि पार्टीहरू एकीकरण भएको बताएका छन् ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ७ : ३४ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडौं– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी