रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र « Khabarhub

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता पाएका छन् ।

कुमालनले उपसभापतिसहित दोस्रो वरीयता पाएसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह तेस्रोमा धकेलिएका छन् ।

यस्तै रास्वपामा कुलमानले समानुपातिकतर्फ आफ्ना २५ प्रतिशत उम्मेदवारहरू पठाउने पनि सहमति भएको छ। सहमतिको पत्र केही समयमा सार्वजनिक गर्न लागिएको छ। उज्यालो नेपालबाट १८ जनालाई समानुपातिक सूचीमा हालिनेछ ।

यो वार्ता गराउन जुटेका सुदन गुरुङले सार्वजनिक गरेको विवरण अनुसार यो सहमतिपछि अब बालेन तेस्रो वरीयतामा हुनेछन् ।

‘कुलमान दाइले रवि दाइलाई सभापति मानेर जान तयार हुनुभयो, कुलमान दाइको हैसियत अब दोस्रो वरीयता हो’, रास्वपाका एक नेताले भने, ‘बालेन्द्र दाई तेस्रो वरीयतामा बस्नु हुन्छ । त्यसपछि अरु अटाउनेछन् ।’

यो सहमतिसँगै उपसभापति डीपी अर्याल चौथो र डा. स्वर्णिम वाग्लेको वरीयता पाँचौँ भएको छ। अहिले बालेन, कुलमान र रविले सहमतिपत्रमा हस्ताक्षर गरिरहेका छन्। केही समय पछाडि सहमतिपत्र सार्वजनिक गरिँदैछ ।

कुलमानसँग सहमतिका लागि सुधनले अशिम शाहको घरमा जुटाएका थिए । सुधनले कुलमानलाई उज्यालो नेपालको बैठकस्थल बौद्धबाट उठाएर हिँडेका थिए ।

एकतापछि तीनैजना नेताहरू निर्वाचन आयोगमा गएर समानुपातिकको सूची बुझाउने तयारी गरिएको छ। तीनै नेताले आ-आफ्नो पक्षका समानुपातिक उम्मेदवार फाइनल गरिरहेका छन् । नेताहरूका अनुसार चुनाव चिह्न घन्टी र नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने गरी तीन नेताहरूबीच सम्झौता भइरहेको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घण्टीबाहेक अरु हुँदैन। यसमा नेताहरुले सहमति गरिरहनुभएको छ’, बालेननिकट एक नेताले भने, ‘अब पार्टीमा जोसुकै आए पनि राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घन्टी नै हुन्छ।’

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ७ : ५७ बजे

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश