महिला टी–२० : नेपाललाई नेदरल्याण्डले दियो १५८ रनको लक्ष्य « Khabarhub

महिला टी–२० : नेपाललाई नेदरल्याण्डले दियो १५८ रनको लक्ष्य


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेदरल्यान्ड्सले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाललाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै १५७ रनको योगफल तयार पार्न सफल भएको हो ।

नेदरल्यान्ड्सका लागि रिकेले ४८ बलमा ८ चौकासहित अविजित ५९ रन बनाएकी थिइन् भने ब्याटर आइरिस ज्वीलिङले १३ बलमा ५ चौकाहित अविजित ३१ रन जोड्दा ओपनर स्टेर कालिसले ३५ बलमा चार चौकासहित २९ रनको योगदान गरिन् ।

यसैगरी हेथर सेगर्सले १९ बलमा समान एक चौका र छक्कासहित २३ रन बनाउँदा अन्य दुई खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि कविता कुंवर, पुजा महतो, इश्वरी विष्ट र सीता रनामगरले समान एक विकेट लिएका छन् ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  २ : ०७ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन