मधेश केन्द्रित दलहरूद्वारा आठ सदस्यीय कार्यदल गठन « Khabarhub

मधेश केन्द्रित दलहरूद्वारा आठ सदस्यीय कार्यदल गठन


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार र प्रतिपक्षमा रहेका मधेश केन्द्रित विभिन्न आठ दलहरूले कार्यदल गठन गरेका छन् । मोर्चा गठन गर्ने उद्देश्यले बिहीबार सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा बसेको बैठकले आठ सदस्यीय कार्यदल गठन गरेको हो ।   

बैठकमा जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा), नेपाल, जनमत पार्टी,  नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) सहभागी छन् । 

कार्यदलमा जनता समाजवादी पार्टी (जसपा)का इस्तियाक राई, जनमत पार्टीका शरदसिंह यादव, जसपा नेपालका मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, लोसपाका लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालका केशव झा, जनता प्रगतिशीलका शिवजी यादव र तमलोपाका ब्रजेस सिंह रहेका छन् । 

कार्यदलले अवधारणा, एजेन्डा, मोडिलाटी र आचारसंहिता सँगसँगै समग्र राजनीतिक परिस्थितिबारे दृष्टिकोण बनाएर शीर्ष नेताहरू समक्ष प्रतिवेदन पेस गर्ने सदस्य केशव झाले जानकारी दिए । 

‘यसले अवधारणा तयार गर्छ, एजेन्डा तय गर्छ र मोडिलाटी, आचारसंहिताहरू तयार गर्छ,’ उनले खबरहबसँग भने, ‘खासमा समग्र राजनीतिक परिस्थितिको बारेमा दृष्टिकोण बनाएर शीर्ष नेताहरू समक्ष पेस गर्छ ।’

बैठकले कार्यदलले शीर्ष नेताहरूलाई बुझाउने प्रतिवेदनको म्याद बुझाउने समय भने तय गरेको छैन । ‘कार्यदलले कहिलेसम्म प्रतिवेदन बुझाउने भनेर म्याद तय गरिएको छैन,’ नेता झाले भने, ‘छिट्टै गर्ने भनिएको छ । कार्यदलको बैठक बस्ने बित्तिकै त्यसैले समय निर्धारण गर्छ ।’  

बैठकमा जसपाबाट रेणु यादव, जनमतबाट शरदसिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव, रामकुमार शर्मा र मनिष सुमन, नागरिक उन्मुक्तिबाट लालवीर चौधरी र गंगा चौधरी सहभागी थिए । 

यस्तै लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट रामनरेश राय, केशव झा र सन्तोष मेहता, जनता प्रगतिशीलबाट हृदयेश त्रिपाठी, शिवजी यादव र सब्बिर हुसैन तथा तमलोपाबाट वृषेशचन्द्र लाल र विजय सिंहको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ५ : ४९ बजे

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय