संसद्‍मा सत्तापक्ष र राजावादीबीच भनाभन (तस्बिरहरू) « Khabarhub

संसद्‍मा सत्तापक्ष र राजावादीबीच भनाभन (तस्बिरहरू)

जेल हालेर देखाउन राजेन्द्र लिङ्देनको चुनौती


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार काठमाडौंमा भएको प्रदर्शनलाई लिएर प्रतिनिधिसभामा राजावादी र सत्तापक्षबीच भनाभनको अवस्था आएको छ ।

राजावादीलाई जेल हाल्ने कुरा संसद्मा उठेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हालेर देखाउन चुनौती दिए ।

‘म यहाँ छु राजावादी’ भन्ने जवाफ लिङ्देनले फर्काउँदा संसद्‍मा भनाभनको अवस्था आएको हो ।

आइतबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस, एमालेका सांसदहरूले राजावादीलाई थुन्नुपर्ने भनेपछि संसद् बैठकमै रहेका लिङ्देनले छाती ठोक्दै आफूलाई जेल हाल्न चुनौती दिए । त्यसपछि १५ मिनेटका लागि स्थगित बैठक बस्न सकेको छैन ।

‘संसद्मा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ सके जेल हाल’, उनले भने ।

आजको प्रतिनिधिसभा बैठकमा प्राविधिक समस्या भएकोले लाइभ गरिएको थिएन । तर, रेकर्ड गरिएको भिडिओ अहिले सार्वजनिक भएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ३ : ३१ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म: अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको