मिश्र र राणा पक्राउको विरोधमा राप्रपाको मसाल जुलुस (तस्बिरहरू) | Khabarhub Khabarhub

मिश्र र राणा पक्राउको विरोधमा राप्रपाको मसाल जुलुस (तस्बिरहरू)


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितलाई जिल्ला अदालत काठमाडौं ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको साँझ मसाल जुलुस निकालिएको छ ।

मिश्र र प्रतिनिधिसभाका सांसद धवलशमशेर जबरसाहितका ११ जनालाई ५ दिन हिरासतमा राख्ने अनुमति दिएलगत्तै राप्रपा देशव्यापी आन्दोलित भएको हो ।

मिश्रसहितलाई जिल्ला प्रहरी परिसर भद्रकालीबाट हतकडी लगाएरै म्याद थप्न सरकारी वकिलकाे कार्यलय हुँदै जिल्ला अदालत काठमाडौंमा लगिएको थियो ।

राप्रपाले शनिबार मात्रै दुवै नेतालाई रिहा गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो । तर उक्त अल्टिमेटमविपरीत दुवैजनाविरुद्ध म्याद थपेर मुद्दा चलाउन लागिएको हो । दुवैविरुद्ध राज्यविरुद्धको अपराध अभियोगमा मुद्दा चलाइँदैछ ।

थुनुवाको पोशाकमा रहेका मिश्र, दुर्गा प्रसाईंको अभियानका आरटीएफ कमाण्डर मुनिन्द्र राजभण्डारी र सन्तोष राजावादीलगायतलाई हतकडी लगाएर लगिएको थियो ।

गत शुक्रबार काठमाडौंको तीनकुनेमा दुईजनाको ज्यान जानेगरी भएको भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेकामाथि मुद्दा चलाउने गरी म्याद लिन अदालत लगिएको थियो।

शुक्रबार राति पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री धवल शम्शेर राणालगायतलाई अदालतमा उपस्थित गराएपछि मुद्दा चल्ने पक्का भएको हो ।

तीनकुनेमा प्रहरीमाथि ढुंगा हान्न खटिएका कथित धार्मिक गुरु पुष्कर खतिवडा शनिबार पक्राउ परेका हुन् । उनी इमाडोलस्थित निवासबाटै समातिएका थिए । तीनकुनेबाट भागेका दुर्गा प्रसाईं सुरूमा उनकै घरमा पुगेका थिए । त्यहाँबाट उनी भूमिगत भइसकेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ८ : ०७ बजे

चितवनको गाईघाट दुर्घटनामा २१ जना घाइते

चितवन– भरतपुर महानगरपालिका– २९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै

बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)

कर्णाली– एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत