जनमत र नागरिक उन्मुक्ति पार्टीबीच आज एकीकरण हुँदै « Khabarhub

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच आज एकीकरण हुँदै


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज (बुधबार) पार्टी एकताको घोषणा हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे पार्टी एकताको घोषणा गरिने बताइएको छ ।

जनमत र नागरिक उन्मुक्ति पार्टी एकीकरण पछि पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ रहनेछ । जसको संरक्षकमा उन्मुक्ति पार्टीका रेशम चौधरी रहने छन् भने जनमतका सीके राउत अध्यक्ष र नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने सहमति भएको छ । एकता पछिको नयाँ पार्टीको चुनाव चिह्न ढकिया हुनेछ ।

सहमति अनुसार मर्यादाक्रममा क्रमशः चौधरी, राउत र श्रेष्ठ रहनेछन् भने २५ सदस्यीय केन्द्रीय पदाधिकारी, ५१ सदस्यीय केन्द्रीय कार्यसमिति र दुवैतर्फबाट ३५०/३५० गरी कम्तिमा ७ सय केन्द्रीय सदस्य रहने छन्  ।

एकीकरण पछि प्रतिनिधिसभामा एकीकृत पार्टीमा जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका चार गरी १० सांसद हुने छन् ।
दुई पार्टीको एकतापछि मधेश र थरुहट क्षेत्रमा बलियो शक्ति बन्ने नेताहरूको दाबी छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ६ : ४९ बजे

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम