शिक्षकहरूले आज पनि प्रदर्शन गर्ने « Khabarhub

शिक्षकहरूले आज पनि प्रदर्शन गर्ने


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शिक्षक महासङ्घको अगुवाइमा देशभरका शिक्षकहरूले आज पनि काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् ।

गएराति सरकार र शिक्षक महासङ्घका प्रतिनिधिबीचको वार्ता निष्कर्षमा नपुगेपछि शिक्षकहरूले आज पनि प्रदर्शन गर्न लागेका हुन् ।

महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सरकारसँग छलफल र संवाद सँगसँगै आन्दोलन पनि जारी रहने बताएका छन् । उनले संवादमा हुने प्रतिनिधि साथीहरू आफ्ना माग र मुद्दामा डटेर लडिरहेको उल्लेख गरेका छन् ।

अध्यक्ष सुवेदीले आन्दोलन जारी रहेकाले बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित भएर आन्दोलनलाई मर्यादित र अनुशासित बनाउन शिक्षकहरूलाई आग्रह गरेका छन् ।

शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीच गएराति ८ बजेदेखि साढे १० बजेसम्म चलेको वार्ता सकारात्मक रहेको दुवै पक्षले जनाएका छन् । मङ्गलबारको वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।

देशभरका शिक्षक शैक्षिक हड्ताल गरी गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेका छन् । 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ८ : ४४ बजे

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम