शिक्षकहरूले आज पनि प्रदर्शन गर्ने « Khabarhub

शिक्षकहरूले आज पनि प्रदर्शन गर्ने


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शिक्षक महासङ्घको अगुवाइमा देशभरका शिक्षकहरूले आज पनि काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् ।

गएराति सरकार र शिक्षक महासङ्घका प्रतिनिधिबीचको वार्ता निष्कर्षमा नपुगेपछि शिक्षकहरूले आज पनि प्रदर्शन गर्न लागेका हुन् ।

महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सरकारसँग छलफल र संवाद सँगसँगै आन्दोलन पनि जारी रहने बताएका छन् । उनले संवादमा हुने प्रतिनिधि साथीहरू आफ्ना माग र मुद्दामा डटेर लडिरहेको उल्लेख गरेका छन् ।

अध्यक्ष सुवेदीले आन्दोलन जारी रहेकाले बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित भएर आन्दोलनलाई मर्यादित र अनुशासित बनाउन शिक्षकहरूलाई आग्रह गरेका छन् ।

शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीच गएराति ८ बजेदेखि साढे १० बजेसम्म चलेको वार्ता सकारात्मक रहेको दुवै पक्षले जनाएका छन् । मङ्गलबारको वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।

देशभरका शिक्षक शैक्षिक हड्ताल गरी गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेका छन् । 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ८ : ४४ बजे

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित