पाँच लाख भारतीय रुपैयाँसहित दुई पक्राउ « Khabarhub

पाँच लाख भारतीय रुपैयाँसहित दुई पक्राउ


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेमा पाँच लाख भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको छ । 

नेपाल–भारत सीमा क्षेत्र रुपैडिहा हुँदै नेपाल प्रवेश गर्न लागेका उनीहरूलाई जाँच गर्ने क्रममा नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरबाट पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले भारतको उत्तर प्रदेश राज्यका लखनऊ निवासी ४० वर्षीय नीरज चौरसिया र दाडको पुरन्धाराकी २६ वर्षीया साइना नेपालीलाई आज राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइएको बताए । 

पक्राउ परेकाहरूबाट भारतीय रुपैयाँ ५०० का ६०० थान र २०० का  एक हजार थान गरी कुल पाँच लाख भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।  

साथै युपी ३२ एलबी ६३८९ नं को सुजुकी गाडीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो । रासस

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ४ : ४९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ