बाढीले टिमुरे भन्सारमा क्षति : धर्मकाटा बगायो « Khabarhub

बाढीले टिमुरे भन्सारमा क्षति : धर्मकाटा बगायो


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा भारी वर्षापछि ल्हेन्दे खोलामा आएको बाढीले रसुवाका विभिन्न स्थानमा क्षति पुर्याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गोसाइकुण्ड गाउँपालिका २ मा ल्हेन्दे खोलामा आएको बाढीले क्षति गरेको हो । बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको छ।

‘बिहान अन्दाजी २ बजेको समयमा रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका २ ल्हेन्दे खोलामा चीनतर्फबाट पानीको बहाव बढेर बाढी आएको र उक्त बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको छ’, प्राधिकरणले सूचना सार्वजनिक गर्दै भनेको छ ।

अहिले पनि बाढीको सतह उच्च नै रहेकोले रसुवा, नुवाकोट र धादिङका भोटेकोशी र त्रिशूली नदी किनार र आसपासका नागरिकलाई सजकता अपनाउन अनुरोध गरिएको छ। खोलामा माछा मार्न जाने, बाढीमा बगेर आएका काठ दाउरा टिप्न जानेजस्ता कार्य नगर्न प्राधिकरणले सबैलाई आग्रहसमेत गरेको छ ।

तिब्बतमा वर्षाले त्रिशूली ठूलो बाढी, तटीय क्षेत्रमा सचेत हुन आग्रह

तस्बिरः सामाजिक सञ्जाल

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ७ : ५४ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट