बागमती प्रदेश सरकारमा तीन मन्त्री नियुक्त « Khabarhub

बागमती प्रदेश सरकारमा तीन मन्त्री नियुक्त


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीनजना मन्त्री नियुक्त गरेका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट विश्वासको मत गुमाएको एक दिनपछि उनले रिक्त रहेका तीन मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री लामाले बुधबार कांग्रेसका प्रदेशसभा सदस्य गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरेका छन् ।

कांग्रेस बागमती प्रदेश कार्यसमिति सभापतिसमेत रहेका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको पक्षमा उभिँदै पाँच मन्त्रीले राजीनामा दिएका थिए ।

यसैबीच सत्ता साझेदार नेकपा एमालेले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण नगराउन आग्रह गरेको छ । शपथ ग्रहणका लागि तयारी भइरहँदा एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामालाई फोन गरेर तत्काल सपथ ग्रहण नगराउन आग्रह गरेका हुन् ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ११ : ०८ बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले