गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ « Khabarhub

गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गण्डकी- हालसम्म गण्डकी प्रदेशमा ७९ हजार ८३८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । जुन यस वर्ष रोपाइँ हुने क्षेत्रफलको झण्डै ८५ प्रतिशत हो । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष ९४ हजार १८२ हेक्टरमा रोपाइँ हुने अनुमान छ ।

पछिल्लो आकडाअनुसार सबैभन्दा धेरै बागलुङमा ९५ प्रतिशत, लमजुङमा ९३ दशमलव १८ प्रतिशत, कास्कीमा ९० दशमलव ०१ प्रतिशत, नवलपुरमा ७८ दशमलव ७० प्रतिशत, तनहुँमा ८८ प्रतिशत, म्याग्दीमा ८६ दशमलव ०५ प्रतिशत, स्याङ्जामा ८१ दशमलव ८४ प्रतिशत, गोरखामा ७८ दशमलव ४० र पर्वतमा ८० प्रतिशत रोपाइँ भएको हो ।

निर्देशनालयका कृषि अर्थविज्ञ मनोज पौडेलका अनुसार आकाशे पानीमा निर्भर हुने क्षेत्रमा रोपाइँ केही ढिला भएको छ । वर्षाले साथ दिएमा आगामी सातासम्ममा अधिकांश क्षेत्रको रोपाइँ सकिने छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ ।

गत वर्ष ९६ हजार ५३ हेक्टरमा धानखेती गरिएकामा यस वर्ष धानखेतीको क्षेत्रफल घटेको हो । घरघडेरीले धानको उब्जाउ क्षेत्र नासिनु, तीव्र सहरीकरणजस्ता कारणले धानखेतीको क्षेत्रफल खुम्चँदै गएको हो । क्षेत्रफल घटे पनि सिँचाइ, खेती प्रणालीमा सुधार, रोगकीरा नियन्त्रण, उन्नत बीउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुनसके धानको उत्पादकत्व बढ्ने कृषि अर्थविज्ञ पौडेलले बताए ।

गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिन्छ । प्रदेशको चार लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धानखेती हुने गरेको छ ।

-रासस

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  १२ : ०१ बजे

मुन्दुम ट्रेलमा लालीगुराँसको रौनक: पर्यटक लोभ्याउँदै १८ प्रजातिका गुराँस

खोटाङ – नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक

गायकवाडको कप्तानी इनिङ: मुम्बईमाथि चेन्नाईको ८ विकेट जित

चेन्नाई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको