व्यास नगरपालिकामा ठेक्कामार्फत १५ योजना सम्पन्न « Khabarhub

व्यास नगरपालिकामा ठेक्कामार्फत १५ योजना सम्पन्न


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तनहुँ– यहाँको व्यास नगरपालिकाले गत आर्थिक वर्ष २०८१-८२ मा ठेक्कामार्फत सञ्चालित ३३ योजनामध्ये १५ योजना सम्पन्न गरेको छ । व्यास नगरपालिका योजना तथा पूर्वाधार विकास शाखाका अनुसार कूल एक हजार ५७ योजनामध्ये ९९५ योजना सम्पन्न भएका हुन् । 

उपभोक्ता समितिबाट सञ्चालन भएका एक हजार २४ मध्ये ९८० र ठेक्काबाट सञ्चालन भएका ३३ योजनामध्ये १५ योजना सम्पन्न भई १८ वटाको सम्झौताको चरणमा छन् । उपभोक्ता समितिबाट सञ्चालित योजनामध्ये ४० वटाको सम्झौता भएको र चार वटा सम्झौता हुन नसकेको योजना शाखा प्रमुख भेषराज तिवारीले जानकारी दिए । 

उनले भने ‘विश्व बैंकको आर्थिक सहयोगमा नेपाल सहरी तथा शासकीय पूर्वाधार आयोजना अन्तर्गत व्यास नगरपालिकाको– ७, ९, १० र ११ मा पर्ने पराशर मार्गमा १०.६ किमी कालोपत्रका लागि ठेक्का भइ काम सुरु भइरहेको छ ।’ 

उक्त योजनाका लागि ४० करोड ८३ लाख ३५ हजार ९२१ बजेट रहेको यस आयोजनाको हालसम्म भौतिक प्रगति १७.४५ प्रतिशत छ । बुल्दी खोला मोटरेबल (करङकाठ बसपार्क) पुल छ करोड ५० लाखमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ ।

 उनले भने, ‘व्यास नगरपालिका–५ मानहुँकोट सिद्धबाबा मन्दिर रु बीस लाख दुई हजार ९५६ मा ठेक्का सम्झौता भइ निर्माण सम्पन्न भएको छ ।’

सोही वडास्थित उदय मावि र बाखे्र जोड्ने सोङगेखोला झोलुङ्गे पुल पहिलो चरणमा ३० लाख ४५ हजार १२२ मा निर्माण गरिएको छ । व्यास–७ सहीद गेट निर्माण १२ लाख ९१ हजार ९६१ मा निर्माण सम्पन्न भएको छ । व्यास–१० व्यास नगर कोभिड अस्पताल ९६ लाख ३८ हजार ८७६ मा सम्पन्न भएको छ । व्यास–११ शीतभण्डार निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । 

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ७ : ४७ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको