‘नेपालको कानुन नमान्ने’ सामाजिक सञ्जाल बन्द गर्न सम्भव छ ? « Khabarhub

‘नेपालको कानुन नमान्ने’ सामाजिक सञ्जाल बन्द गर्न सम्भव छ ?



काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सूचना प्रकाशन गरेर नेपालमा सञ्चालनमा रहेका फेसबुक लगायत सामाजिक सञ्जाललाई सात दिनभित्र सूचीकृत हुन भनेको छ ।

विभागीय मन्त्री पृथ्वीसुब्बा गुरूङले सार्वजनिक मञ्चहरूबाट पनि सामाजिक सञ्जाललाई तत्काल दर्ता हुन चेतावनी दिइरहेका छन् ।

मन्त्रालयले तोकिएको समयावधिभित्र सूचीकृत नहुने सामाजिक सञ्जाललाई नेपालमा क्रमशः निष्क्रिय गराउँदै जाने चेतावनी सूचनामार्फत दिएको छ ।

तर, अहिलेसम्म नेपालमा सामाजिक सञ्जाल टिकटक, भाइबर र टिकटक मात्रै सूचीकरण भएर सञ्चालनमा छन् । बाँकी अधिकांश नेपालीले प्रयोग गर्ने फेसबुक, एक्स, इन्स्टाग्राम, ह्वाट्सएप, लिंकडेन लगायत दर्जनौँ सामाजिक सञ्जाल भने नेपालमा सूचीकरण भएका छैनन् ।

सरकारले नेपालबाटै वा विदेशबाट नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई सूचीकृत हुन पटकपटक सूचना प्रकाशन गर्दै आएको थियो । तर, सम्बन्धित सञ्जालका सञ्चालकले अस्वीकार गरेपछि मन्त्रालयले बिहीबार अन्तिमपटक सूचना प्रकाशित गरेको जनाएको छ ।

मन्त्रालयले जारी गरेको सूचना अनुसार; सञ्चालनमा रहेका सञ्जाललाई मन्त्रालयमा सूचीकरण भएर नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वःनियम परिपालना निगरानी अधिकारी तोक्न समेत भनिएको छ ।

यसपटकको सूचनालाई पनि अवज्ञा गरेमासूचनाअनुसार कारबाहीमा अगाडि बढ्न सक्ने मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताएका छन् ।

‘तोकिएको समयसीमा भित्र सूचीकरण नगर्ने वा सूचीकरणको प्रयोजनका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई क्रमशः नेपालभित्र निष्क्रिय गराउने’ मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ

सामाजिक सञ्जाल नेपालमा दर्ता हुन आउँछन् ?

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले भदौ ३ गते राष्ट्रिय सभालाई सम्बोधन गर्दै फेसबुकको मुख्य कम्पनी मेटालाई नेपालमा दर्ता हुन पटकपटक भनेको, तर उसले नेपालको कानुन र संविधानलाई मान्न तयार नभएको प्रतिक्रिया दिएको बताएका थिए ।

‘मेटालाई हामीले दर्ता हुन आउन भन्यौँ, उसले भन्छ, तेरो संविधानलाई पनि मान्दैनौँ, कानुनलाई पनि मान्दैनौँ भन्यो, किनभने हाम्रो खुट्टी उनीहरूले देखेका छन्’, उनले भनेका थिए ।

मन्त्री गुरुङको भनाइले पनि विश्वमा स्थापित भएका र नेपालमा पनि लोकप्रिय रहेका सामाजिक सञ्जाल सरकारले आगामी समयका लागि तोकेको समयभित्र सूचीकरण हुन आउने सम्भावना कम देखिएको छ ।

तर, विगतमा नेपाल सरकारले विश्वमा र नेपाली समाजमा पनि निकै चर्चित रहेको चिनियाँ सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएपछि टिकटक नेपालको कानुनलाई स्वीकार गरेर सूचीकरण हुन आएको थियो ।

पछिल्लो समयमा सरकारले म्यासेजिङ एप टेलिग्राममाथि प्रतिबन्ध लगाएपछि सो कम्पनीका प्रमुख नै नेपालमा आएर सूचीकरणको प्रक्रिया अगाडि बढाएको मन्त्रालयका प्रवक्ता ठाकुरले बताएका छन् ।

हालसम्मको अवस्था हेर्दा सामाजिक सञ्जालमाथि नेपाल सरकारले प्रतिबन्धात्मक बाटो लिएपछि मात्रै उनीहरूले नेपालको कानुनलाई स्वीकार गर्न तयार भएका छन् ।

त्यसैले; सरकारले जारी गरेको सूचनाअनुसार सूचीकरण हुन नआउने सञ्जालमाथि प्रतिबन्ध लगाउनेसम्मको कारबाही भए दर्ता बाध्यकारी हुने देखिएको छ ।

बन्द गर्न सम्भव छ ?

पछिल्लो समय विश्वव्यापी राजनीतिमा नयाँ शक्ति सन्तुलन देखिन खोजेको छ । खासगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको व्यापार तथा युद्ध नीतिले विश्वका मुख्य देशहरू ध्रुवीकृत हुँदै जान खोजेको देखिन्छ ।

आफ्नो अहित हुनेगरी नीति तथा काम अघि बढाउने राष्ट्रविरुद्ध अमेरिकाले कठोर नीति लिएको छ ।

नेपालमा अधिकांशले प्रयोग गर्ने सामाजिक सञ्जाल पनि अमेरिकी कम्पनीहरूकै छ । फेसबुक, इन्स्टाग्राम, एक्स, ह्वाट्एप, लिंकडेन र जीमेल लगायतका कम्पनी अमेरिकाकै हुन् । जुन सञ्जालहरूमा करोडौँ नेपाली आबद्ध छन् ।

यी सञ्जालहरू एक अर्काबीच सञ्चारको रूपमा मात्रै जोडिने नभएर नेपालमा व्यवसायको हिस्सा समेत बन्न पुगेको छ ।

कूटनीतिक हिसाबले हालसम्म नेपालले अमेरिकाको अन्तर्राष्ट्रिय स्वार्थ विपरीत जाने अभ्यास गरेको छैन । अमेरिका नेपालको लागि ठूला अन्तर्राष्ट्रिय आर्थिक साझेदारमध्ये एक हो ।

त्यतिमात्रै नभएर अमेरिकाले विश्वका दर्जनौँ देशसँगको व्यापारमा भन्सार कर वृद्धि गर्दा नेपाललाई सहुलियतकै सूचीमा राखेको छ ।

वैदेशिक व्यापारमा हेर्ने हो भने नेपालबाट वस्तु निर्यात हुनेमध्ये भारतपछि अमेरिका दोस्रो मुलुक हो । नेपालका निर्यात व्यवसायीले गत आर्थिक वर्षमा १८ अर्ब ३२ करोड सात लाख ४५ हजार रुपैयाँ बराबरको वस्तु अमेरिका निर्यात गरेका थिए ।

त्यस्तै, नेपाललले वस्तु आयात गर्ने मुलुकमध्ये अमेरिका चौथो स्थानमा छ । गत आर्थिक वर्षमा नेपालमा अमेरिकाबाट २५ अर्ब ९६ करोड ५६ लाख ९८ हजार रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको थियो । साथै, सूचना प्रविधिसँग सम्बन्धित धेरै कम्पनीहरू अमेरिकाकेन्द्रित भएर वर्षेनि अर्बौं रुपैयाँको कारोबार गरिरहेका छन् ।

नेपालले अमेरिका केन्द्रित सामाजिक सञ्जाललाई सूचीकरण नभएको आधारमा प्रतिबन्ध लगाउँदा नेपालको वैदेशिक व्यापार र कुटनीतिक सन्तुलनमा समस्या त पैदा हुँदैन भन्ने प्रश्न पनि कतिपयले उठाएका छन् ।

तर, नेपालले सामाजिक सञ्जाललाई व्यवस्थित गर्नको लागि कानुन कार्यान्वयन गर्न खोज्दा समस्या नहुने सरकारका आर्थिक सल्लाहकार तथा पूर्व अमेरिकी राजदूत समेत रहेर काम गरेका युवराज खतिवडा बताउँछन् ।

‘सामाजिक सञ्जाल पनि निश्चित दायरामा बस्नुपर्छ भन्ने हामी सबैको मान्यता होला, अरूलाई विधिसम्मत चल्नुपर्‍यो, कानुनसम्मत चल्नपर्‍यो भन्ने सामाजिक सञ्जाल चलाउनेहरू पनि एउटा विधिमा त बस्नुपर्ने होला’, खतिवडाले भने, ‘कोही रिसाउँछ कि या कोहीलाई खुशी पार्न पर्छ कि भनेर राज्यका कानुन त्यसरी बन्दैनन् । समाजमा शान्ति, सुव्यवस्था र सुशासनको लागि प्रेस स्वतन्त्रता र सूचनाको स्वतन्त्र प्रवाहलाई नरोक्नेगरी गरिने कुरालाई हामीले राम्रै मान्नुपर्छ ।’

खतिवडाले सामाजिक सञ्जाल नियमनको विषयमा नेपाल सरकारले अगाडि सार्ने कदमले भू–राजनीतिमा असर गर्नसक्ने कुरा आफूले नदेखेको पनि बताए ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  १२ : ४४ बजे

नेतृत्वको बचाउमा ऐन महर, भन्छन् : सुहाङले दलको नेतामा दाबी गरे पनि निर्वाचनको अवस्था बनेन

काठमाडौं- नेकपा (एमाले) को संसदीय दलको नेता चयनमा पार्टी नेतृत्वको

सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने

काठमाडौं– सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको

ललितपुर महानगरपालिकाले गर्‍यो वातावरण भ्यानको शुभारम्भ (तस्बिरहरू)

ललितपुर– ललितपुर महानगरपालिकाले ‘वातावरण भ्यान ‘को शुभारम्भ गरेको छ ।

संसद्को स्कुल पढ्न जाने भन्दै झोला बोकेर हिँडे महावीर पुन

काठमाडौं– म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले संसद्लाई स्कुलको संज्ञा

पश्चिम एशियामा युद्ध चर्किँदा विश्व चिन्तित

काठमाडौं- पश्चिम एशियामा जारी युद्ध थप चर्किंदै जाँदा सैन्य आक्रमण,