‘ओलीले सीलाई लिपुलेक नेपालको हो भन्नुभयो’ « Khabarhub

‘ओलीले सीलाई लिपुलेक नेपालको हो भन्नुभयो’


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ प्रधानमन्त्री सी चिनफिङलाई लिपुलेक नेपालको भूमि भएको अवगत गराएको उनको सचिवालयले जनाएको छ ।

साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन आजै चीन पुगेका प्रधानमन्त्री ओलीले भारत अतिक्रमित नेपाली भूमि लिपुलेकबाट व्यापार गर्नेगरी चीनले गरेको सहमतिमा असन्तुष्टि जनाएका हुन्‌ । ओली र सीबीच आजै तियाञ्जिनमा भेटवार्ता भएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीले भदौ ३ गते भारतको राजधानी नयाँ दिल्लीमा द्विदेशीय व्यापार निम्ति नेपाली भूमि लिपुलेकबाट व्यापारिक नाका खोल्नेगरी विवादास्पद सम्झौता गरेका थिए ।

ओलीको सचिवालयका अनुसार; उनले चिनियाँ राष्ट्रपति सीलाई भारत-चीन लिपुलेक व्यापारिक मार्गबारे भएको सहमतिमा असन्तुष्टि नै व्यक्त गरेका हुन्‌ । ओलीले ऐतिहासिक दस्तावेजले पनि उक्त भूमि नेपालको भएको कुरा सीलाई अवगत गराएको सचिवालयको दाबी छ ।

सचिवालयले नेपाली भूमिबारे ओलीले सीलाई दुई देशका प्रतिनिधिमण्डल बीचको भेटमै अवगत गराएको दाबी गरे पनि स्वतन्त्र स्रोतले पुष्टि गरिसकेको छैन ।

चीन भ्रमणमा जानुभन्दा अघिल्लो दिन संसद्‌मा बोलेका ओलीले भारत अतिक्रमित लिपुलेकमा बेइजिङ र नयाँ दिल्लीबीच भएको विवादास्पद सम्झौताबारे कुनै धारणा राखेका थिएनन्‌ ।

बरु, साँझपख आफू अध्यक्षताको लगानी बोर्डको बैठक राखेर ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत परियोजनाको अनुमतिपत्र स्वीकृत गराएका थिए । तल्लो अरुणको लाइसेन्स भारतीय कम्पनी सतलजले पाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ५ : ५३ बजे

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर