माओवादी केन्द्रसँग एकता गर्ने नेसपाको निर्णय « Khabarhub

माओवादी केन्द्रसँग एकता गर्ने नेसपाको निर्णय


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने भएको छ। बिहीबार बसेको केन्द्रीय समिति बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयोजक मानेर एकताको निर्णय गरेको हो।

महासचिव रमेशप्रसाद यादवका अनुसार घोषणा कात्तिक २० गतेभित्र गरिनेछ। बैठकले अध्यक्ष यादवको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ, जसले बाँकी विषयमा माओवादीसँग सहमति जुटाउनेछ। यादवले भने, ‘प्रचण्डले सबै पक्षलाई सम्मानजनक स्थान दिने विश्वास छ।’

नेसपाले माओवादी केन्द्रसँगै नेकपा एकीकृत समाजवादी र प्रेमबहादुर सिंह नेतृत्वको समूहसँग पनि एकता प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ८ : ३६ बजे

महाधिवेशनमा जुट्यो कांग्रेस देउवा पक्ष, पौने आठ लाख क्रियाशीलको विवरण तयार

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पनि १५औं महाधिवेशनका लागि

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् ।

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली