वर्षा र हिमपातका कारण जोखिम बढेपछि कास्की प्रशासनको सतर्कता अपनाउन आग्रह « Khabarhub

वर्षा र हिमपातका कारण जोखिम बढेपछि कास्की प्रशासनको सतर्कता अपनाउन आग्रह


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

गण्डकी – जिल्ला प्रशासन कार्यालय कास्कीले बाढीजन्य प्रकोपमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

कार्यालयले आज सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागबाट आज जारी मौसम पूर्वानुमानबमोजिम गण्डकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना प्रक्षेपण गरिएको उल्लेख गरेको छ ।

विभागको पूर्वानुमानका आधारमा उत्पन्न हुनसक्ने बढी, डुबान, पहिरो, भूक्षय, हिमपातलगायतका जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने सम्भावनासमेतलाई मध्यनजर गरी सतर्कता अपनाउनुहुन अनुरोध गरेको हो ।

वर्षात्का समयमा अत्यन्त जरुरी काम नभई घरदेखि टाढा र रातको समयमा यात्रा नगर्न आग्रह गर्दै कार्यालयले यात्रा गर्नुपर्दा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनालाई पालना गर्न गराउन अनुरोध गरेको छ ।

बाढीपहिरोको उच्च जोखिम रहेका स्थानमा उच्च सतर्कता अपनाउन र उपयुक्त र सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहबाट आवश्यक समन्वय गर्न अनुरोध गरिएको छ ।

वर्षात्को समयमा राष्ट्रिय राजमार्ग तथा ग्रामीण सडकमा चल्ने सवारीसाधनलाई संयमतापूर्वक सञ्चालन गर्न, क्षमताभन्दा बढी यात्रु नचढाउनलगायत सुरक्षित यात्राका लागि सतर्कता अपनाउन यातायात व्यवसायीले आफू मातहतका सवारी चालक एवं सहचालकलाई सचेत गराउन आग्रह गरिएको छ ।

कास्कीको वीरेठाँटीदेखि घान्द्रुक, वीरेठाँटीदेखि उल्लेरी, लुम्लेदेखि लान्द्रुक र काहुँखोलादेखि ताङतिङ÷सिक्लेस सडकखण्डमा आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म सवारीसाधन नचलाउन आग्रह गरिएको छ ।

उच्च हिमाली क्षेत्रमा हिमपातकोसमेत सम्भावना भएकाले जिउज्यानको सुरक्षालाई दृष्टिगत गरी अन्नपूर्ण बेसक्याम्प, मर्दीहिमाल, खुमैडाँडा, कोरीलगायत स्थानमा मौसम सफा नभएसम्म पदयात्राका लागि ननिस्किन प्रशासनले अनुरोध गरेको छ ।

सबै स्थानीय तह, निजीक्षेत्र, पर्यटन व्यवसायी, होटल व्यवसायी, यातायात व्यवसायी, ट्रेकिङ एजेन्सीहरु, नागरिक समाज तथा सरोकारवाला निकायले मौसम पूर्वानुमानबमोजिम आवश्यक भूमिका निर्वाहगरी विपद्जन्य घटनाबाट हुनसक्ने क्षति न्यूनीकरणमा खट्न आग्रह गर्दै कुनै विपद्जन्य घटना भएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाई वा सुरक्षा निकाय, स्थानीय प्रशासनमा तुरुन्त जानकारी गराउन पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ८ : ४४ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना