जेनजी आन्दोलन छानबिन टोलीलाई हप्काउँदै एमाले नेता रावलले भने : राज्यकोषको दुरुपयोग गर्ने अपराधी « Khabarhub

जेनजी आन्दोलन छानबिन टोलीलाई हप्काउँदै एमाले नेता रावलले भने : राज्यकोषको दुरुपयोग गर्ने अपराधी


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावलले जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिसम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगका सदस्यलाई गैरकानुनी र राज्य कोषको रकम दुरुपयोग गर्ने अपराधी भएकाे बताएका छन् ।

कञ्चनपुरमा जेनजी आन्दोलनको नाममा भएको क्षतिको अनुगमन गर्न पुगेका आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीलाई उनले सार्वजनिक स्थानमा नै राज्य कोषको दुरुपयोग गर्ने अपराधी भएको आरोप लगाए । भीमदत्त नगरपालिकामा आयोजना गरिएको सर्वदलीय बैठकस्थलमा पुगेका रावलले भण्डारीलाई अपराधीहरूलाई लुकाउने अपराधी भएको बताए ।

‘तपाईँ को हो ? पार्टी कार्यालय व्यक्तिका घर, राष्ट्रिय सम्पत्ति जनाउने, अपराधीहरूलाई कारबाही नगर्ने ?’ भन्दै रावलले प्रश्न गरे ।

उनको प्रश्नमा भण्डारीले ‘मैले हो तपाईँको घर डढाएको ?’ भन्दै प्रतिप्रश्न गरेपछि रावल थप आक्रोशित भए ।

‘तपाईँ हो, बढ्दा कुरा गर्ने ? मेरा बालबच्चाको के हालत देख्नु भएको थियो ? अहिले नाटक देखाउन आउने ?’ भन्दै उनले प्रश्न गरे । जेनजी आन्दोलनको नाममा अराजक समूहले रावलको घरमा पनि आगो लगाएको थियो ।

‘मेरो पार्टी कार्यालयमा आगो लाग्दा तमासा देख्नु भएको थियो यहाँ ? अहिले राज्यको तर्फबाट बडो नाटक देखाउन आउने ? तपाईँहरू अपराधी हो, यहाँ कर्मचारी साथीहरूलाई थर्काउन आउनुभएको तपाईँहरू, यो नगर्नुस्’, उनले आक्रोश पोखे ।

गरैरकानुनी मान्छेहरू आयोगको नाममा राज्यको कोष दुरुपयोग गर्न आएका उनले बताए। तपाई जनविरोधी मान्छेहरू हो, जनताको घरमा आगो लगाउने, सकारी कार्यालयमा आगो लगाउने, अनि बढ्ता यहाँ गर्ने’, उनले भण्डारीलाई हप्काए ।

रावलको सो प्रतिक्रिया पछि सर्वदलीय बैठक नै बिथोलिएको थियो । नेकपा एमालेका जनप्रतिनिधिहरूले सो बैठक बहिष्कार गरेका थिए । कांग्रेसका जिल्ला सभापति समेत रहनुभएका भीमदत्त नगरपालिका प्रमुख पदम बोगटी पनि बैठकमा अनुपस्थित थिए । कार्यक्रम सुरु नै नभई माहौल बिग्रिएपछि केही जनप्रतिनिधि र कर्मचारीहरूबिच छलफल गरेर भण्डारी उठेका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ९ : ०२ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील