निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुन्छ भन्ने धारणा आएको छः प्रवक्ता महत « Khabarhub

निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुन्छ भन्ने धारणा आएको छः प्रवक्ता महत


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ललितपुर – नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको आजको बैठकमा धारणा राख्दै केन्द्रीय सदस्यले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नु उपयुक्त हुने धारणा राखेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले बताएका छन् ।

उनका अनुसार अधिकांश केन्द्रीय सदस्यले राष्ट्रिय निर्वाचनलाई प्राथमिकता दिएर जानुपर्ने धारणा राख्दै सुरक्षाको प्रत्याभूति गर्न सरकारलाई दबाब दिँदै निर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

‘संसद् विघटनका विषयमा संवैधानिक कुरा पनि उठेको छ, नियमित महाधिवेशनमा नै जोड दिनुपर्छ भन्ने अधिकांशको धारणा छ, महाधिवेशन निर्वाचन अगाडि कि पछाडि भन्ने बहस जारी नै छ, अरु बाँकी साथीहरूले भोलि पनि धारणा राख्नेक्रम जारी छ’, उनले भने।

आजको बैठकमा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक।, लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापति इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी)ले आआफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यसमितिको बैठक भोलि २०८२ कात्तिक १४ गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा पुनःबस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ९ : ३६ बजे

महाधिवेशनमा जुट्यो कांग्रेस देउवा पक्ष, पौने आठ लाख क्रियाशीलको विवरण तयार

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पनि १५औं महाधिवेशनका लागि

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् ।

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली