‘जीवनोपयोगी शिक्षा आवश्यक छ’ « Khabarhub

‘जीवनोपयोगी शिक्षा आवश्यक छ’


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न सक्ने जनशक्ति विद्यालयबाट उत्पादन हुनुपर्ने बताएका छन् ।

सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरको सोमबार सम्पन्न ४८औँ वार्षिकोत्सवमा उनले महाविद्यालयले हाँसिल गरेको उल्लेखनीय उपलब्धिको संरक्षण गर्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर लाग्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘विद्यार्थीले ज्ञानसँगै ग्रहण गरेका मूल्य, मान्यतालाई आत्मासात् गर्दै देशको उज्ज्वल भविष्यको आधार निर्माण गरी समाज र राष्ट्रप्रतिको उत्तरदायित्व, सामाजिक सेवा, जिम्मेवार नागरिक बन्ने दृढसङ्कल्पका साथ महाविद्यालयले आधुनिक, गुणस्तरीय, जीवनउपयोगी शिक्षा प्रदान गर्ने विश्वास लिएका छौँ ।’

नयाँ पुस्तालाई पनि इमान्दारिता, समाज र राष्ट्रको विकासका लागि जिम्मेवार नागरिक बनाउनुपर्नेमा जोड दिँदै उनले सैद्धान्तिक शिक्षामात्र नभई कर्मभूमिप्रति समर्पित नागरिक तयार पार्ने शिक्षा दिनुपर्ने बताए ।

उनले उत्कृष्ट विद्यार्थीहरूलाई ज्यास्मिन स्मृति पुरस्कार, गेहेन्द्रशम्सेर थापा स्मृति पुरस्कार प्रदान गर्नुका साथै उत्कृष्ट शिक्षक एवं कर्मचारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा महाविद्यालयका प्राचार्य दलबहादुर पुनले सैनिक कल्याणकारी कोषबाट सञ्चालित महाविद्यालयको स्थापनाको ४८औँ वार्षिकोत्सवसम्म आइपुग्दा विद्यालय शिक्षामा उत्कृष्ट नतिजा हासिल गर्नुका साथ अतिरिक्त क्रियाकलाप र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा समेत टेवा पुर्याएको बताए ।

उनले २१औँ शताब्दीले परिकल्पना गरेअनुसार गुणस्तरीय एवं जीवनोपयोगी शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा महाविद्यालयका प्रमुख व्यवस्थापक अधिकृत एवं सहसेनानी शिवप्रसाद पौडेलले गुुणस्तरीय शिक्षामा लामो इतिहास यस महाविद्यालयले राष्ट्रका लागि आवश्यक एवं देशले गर्व गर्न लायक जनशक्ति उत्पादन गरिरहेको बताए ।

उनले विद्यार्थीले शैक्षिक गुणस्तरसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको बताउँदै विद्यालयमा अक्षयकोषको निर्माण गरी कार्य गरिरहेको बताए ।

कार्यक्रममा विद्यार्थीले शास्त्रीय चर्या नृत्य, राष्ट्रिय सेवा दलको देशभक्तिपूर्ण नृत्य, तेक्वान्डो खेल प्रदर्शनी, महाविद्यालयको अकेस्ट्रा समूहको प्रस्तुति तथा विभिन्न सांस्कृतिक नृत्य एवं गायनहरू प्रस्तुत गरेका थिए ।

प्रधानसेनापति सिग्देलले विद्यार्थीको चित्रकला प्रदर्शनी, विज्ञान प्रदर्शनीलगात अवलोकन गर्नुका साथै महाविद्यालयले प्रकाशन गरेको स्मारिक ‘सल्लाघारी’को विमोचन गरे । (रासस)

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १० : २९ बजे

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को

राजेन्द्रले सुकुम्बासी रोइरहेको सुनाउँदा प्रधानमन्त्रीले भने, ‘उनीहरूका पीडा र आँसुले म पनि छटपटिएको छु’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सम्हालेयता पहिलो पटक कुनै राजनीतिक

एक वर्षमा २२ गैँडा मरे

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा

नियमावली संशोधनका लागि शैक्षिक परामर्श व्यवसायीको माग

काठमाडौं– नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले शैक्षिक परामर्श, भाषा