निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला « Khabarhub

निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने बताएका छन्। मोरङ समाज काठमाडौँको वार्षिक साधारणसभालाई आज उद्‌घाटन गर्दै उनले सरकारले निर्वाचनको आवश्यक वातावरण बनाए कांग्रेस निर्वाचनबाट नभाग्ने बताए।

‘कांग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी हो, आवश्यक वातावरण बनाए कांग्रेस निर्वाचनबाट भाग्दैन’, उनले भने। 

सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको उनको भनाइ थियो ।

नेता डा कोइरालाले सबै राजनीतिक दलले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढङ्गले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको बताए।

‘जेन-जी आन्दोलनका क्रममा हजारौँ कैदीबन्दी भागेका छन्, प्रहरीका सयौँ हतियार लुटिएका छन्, प्रहरीको मनोबल खस्किएको छ, यस्तो अवस्थामा निर्वाचन गर्न सकिन्छ कि सकिँदैन’, उनले भने।
 

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ७ : ३५ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.