रास्वपाको समानुपातिक सूचीप्रति डा. रामजी रामको असहमति, प्राइमरी इलेक्सनमाथि प्रश्न « Khabarhub

रास्वपाको समानुपातिक सूचीप्रति डा. रामजी रामको असहमति, प्राइमरी इलेक्सनमाथि प्रश्न


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार डा. रामजी रामले पार्टीले सार्वजनिक गरेको समानुपातिक बन्दसूचीप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले आन्तरिक प्राइमरी इलेक्सनको औचित्य र प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका हुन्।

उनले लोकतन्त्रमा मतदाताको मतको अर्थ र सम्मान हुनुपर्ने उल्लेख गर्दै प्राइमरी इलेक्सनमार्फत अग्रस्थान हासिल गरेका व्यक्तिहरूलाई मतअनुसारको स्थान नदिइएको देखिएको बताएका छन्। विशेषगरी दलित समुदायबाट सर्वाधिक मत ल्याएका विजय जैरुको नाम समानुपातिक सूचीमै नपरेकोप्रति उनले आपत्ति जनाएका छन्।

उनले पार्टीले प्राइमरी इलेक्सनलाई उम्मेदवार छनोटको आधार मानेको हो वा होइन भन्ने विषयमा स्पष्ट जवाफ मागेका छन्। यदि रास्वपामा विधि र सुशासनको अर्थ रहन्छ भने विजय जैरुलाई सम्मानसहित उचित स्थानमा राख्नुपर्ने उनको माग छ।

डा. रामजी रामले आफ्नो नाम सूचीमा हुनु र विजय जैरुजीको नाम सूचीमै नहुनुले आफूलाई लज्जाबोध भएको समेत उल्लेख गरेका छन्। यदि आफूलाई सूचीमा राखिएकै कारण विजय जैरु अटाउन नसकेको अवस्था हो भने आफू फरक भूमिकामा रहेर पनि देश र पार्टीका लागि न्याय र सुशासनको खबरदारी गर्न तयार रहेको उनको भनाइ छ।

पार्टीभित्रको लोकतान्त्रिक अभ्यासले मात्र साँचो अर्थमा पार्टीलाई बलियो बनाउने उल्लेख गर्दै उनले नेतृत्वलाई समीक्षा गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ८ : २८ बजे

स्वास्थ्य क्षेत्रमा भएका बेथितिहरूविरुद्ध पुनः अनसन बस्ने डा. केसीको चेतावनी 

काठमाडौं– वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द

विश्वकप फाइनलमा सबैभन्दा धेरै खेलाडी एट्लेटिको म्याड्रिडका, बार्सिलोना दोस्रो स्थानमा

काठमाडौं– फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र स्पेनबीच प्रतिस्पर्धा हुँदै गर्दा

रोमाञ्चक बन्दै गोल्डेन बुटको होड, तेस्रो स्थानको खेलले बदल्न सक्छ विजेता

काठमाडौं– २०२६ फिफा विश्वकपको उपाधि दौडबाट फ्रान्स र इङ्ग्ल्यान्ड बाहिरिए पनि

जब मेस्सीलाई बेलिङ्घमले मैदानमै भने : तिम्रो समय सकियो, अब हाम्रो पालो हो

काठमाडौं– इङ्ग्ल्यान्डविरुद्धको विश्वकप सेमिफाइनलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र इङ्ग्लिस

पुँजीगत खर्चको प्रवृत्ति विगतको भन्दा कमजोर, राजस्व लक्ष्यको ८४ प्रतिशत मात्र संकलन

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ मा सरकारको पुँजीगत खर्च गत आर्थिक