रोबर्ट लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाको फराकिलो जित « Khabarhub

रोबर्ट लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाको फराकिलो जित


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोबर्ट लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाले स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा गिरोनालाई ४-१ ले हराएको छ।

जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडमाथि तीन अङ्कको अग्रता कायम गरेको छ। गिरोनाका लाडिस्लाभ क्रेजेकीले गरेको आत्मघाती गोलका कारण बार्सिलोनाले पहिलो हाफमा अग्रता लिएको थियो। खेलको ५३ औँ मिनेटमा अनार्ट डन्जुमाले बराबरी गोल गरेका थिए।

फ्रान्क डी जोङसँग सहकार्य गर्दै लेवान्डोस्कीले ६१ औँ मिनेटमा गोल गरे। ७७ औँ मिनेटमा उनले अर्को गोल गरे। सो गोल उनको यस सिजनको लिगको २५ औँ हो। फेरान टोरेसले थप गोल गरे।

बार्सिलोनाले पछिल्ला ९ लिग खेलमा जित हात पारेको छ। स्पेनिस ला लिगाका आइतबार भएका अन्य खेलमा भिल्लारियलले गेटाफेलाई २-१ ले र रियल बेटिसले सेभियालाई २-१ ले हराए। भ्यालेन्सियाले मालोर्कासँगको खेलमा १-० को सफलता पायो। एथलेटिक क्लब र ओसासुनाबीचको खेलमा गोलरहित बराबरी भयो। तालिकामा बार्सिलानाको ६६ तथा रियल म्याड्रिडको ६३ अङ्क छ। एट्लेटिको म्याड्रिडको ५७ अङ्क छ भने एथलेटिक क्लबको ५३ अङ्क छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ७ : १४ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको