घण्टी बजाउँदै पार्टी काममा फर्किए रवि (तस्बिरहरू) « Khabarhub

घण्टी बजाउँदै पार्टी काममा फर्किए रवि (तस्बिरहरू)


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारीमा फर्किएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय चमतीस्थित घण्टीघरमा पत्रकार सम्मेलन गर्दै उनले आफू पार्टीको जिम्मेवारीमा फर्किएको जानकारी गराएका हुन् ।

पार्टीको जिम्मेवारीमा फर्किएसँगै उनी केन्द्रीय समिति बैठकमा सहभागी हुँदैछन् । उनी साढे ५ महिनापछि रास्वपाको सभापतिको जिम्मेवारीमा फर्किएका हुन् । उनले पार्टी काममा फर्किने क्रममा केन्द्रीय कार्यालयमा रहेको घण्टी बजाए।

उनी कार्यालय आउने भएपछि सयौँ युट्युबर र पत्रकारको पनि भिड लागेको थियो । त्यतिकै संख्यामा कार्यकर्ता पनि सहभागी थिए ।

उनले कार्यालयमा सरकार नैतिक रुपमा असफल भइसकेको बताए । ‘सरकार कुन नैतिकताको आधारमा बसेको छ ? मलाई थाहा छैन । सरकारको औचित्यता समाप्त भइसकेको छ’, उनले भने, ‘संसद्बाट बलियो सरकार बन्ने बाटो पनि दुई ठूला दल मिलेर बन्द गरिदिए । लोकतन्त्र बचाउन, संविधान बचाउन होईन, एकअर्काका भ्रष्टाचारी बचाउन सरकार बनाए ।’

उनलाई गत कात्तिक २ गते सहकारी ठगी प्रकरणमा पार्टी कार्यालयबाट केन्‍द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो।

पूर्व उपप्रधान एवम् गृहमन्त्री लामिछानेलाई पक्राउ गरेर स्थलमार्गबाट पोखरा लगिएको थियो । रविलाई काठमाडौं, कास्की, रुपन्देही र चितवनका विभिन्न सहकारीको बचत ठगीमा मुद्दा चलाइएको थियो । ती सबै अदालतले करोडसम्मको धरौटी लिएर उनलाई रिहा गरिदिएका थिए ।

सुरूमा उनलाई जिल्ला अदालत कास्कीबाट जारी पक्राउ पुर्जीका आधारमा समातिएको थियो । लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा मुद्दा चलाइएको थियो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ४ : २७ बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि