राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ « Khabarhub

राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ


१७ जेष्ठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राउटे युवतीसँग गुडिरहेको ट्रकमा गलत नियतसहित दुर्व्यवहारपूर्ण भिडियो खिचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न रहेको भन्दै दैलेखको आठविस नगरपालिका–३, का तपेन्द्र शाहीलाई दैलेख प्रहरीले पक्राउ गरेको हो । थप अनुसन्धानका लागि शाहीलाई दैलेख प्रहरीले सुर्खेत प्रहरीको जिम्मा लगाएको छ ।

केही दिन अघि सर्वाजनिक राउटे युवतीलाई गलत नियतसहित दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा चारजना राउटे युवतीका बीचमा बसेका शाहीले उनीहरुमाथि दुर्व्यवहार गरेको देख्न सकिन्छ । उनीसँग बस्न राउटे युवतीहरुले असहज मानिरहेका छन् । भिडियोमा शाहीले युवतीहरुलाई अंगालो हालेर दुर्व्यवहारपूर्ण शब्द बोलेको छन् । १५ सकेन्ड लामो उक्त भिडियोको अहिले आलोचना भइरहेको छ ।

भिडियो सार्वजनिकपछि राउटे समुदायको हकहितका लागि काम गर्दै आइरहेको सोसक नेपालले सुर्खेत प्रहरीमा उजुरी दिएको थियो । उक्त उजुरीको आधारमा भिडियोमा देखिएका शाही पक्राउ परेका हुन् ।

उनीमाथि साइबर अपरात र दुर्व्यवहार मुद्दामा अनुसन्धान अघि बढाएको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  ९ : १६ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार