राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ « Khabarhub

राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राउटे युवतीसँग गुडिरहेको ट्रकमा गलत नियतसहित दुर्व्यवहारपूर्ण भिडियो खिचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न रहेको भन्दै दैलेखको आठविस नगरपालिका–३, का तपेन्द्र शाहीलाई दैलेख प्रहरीले पक्राउ गरेको हो । थप अनुसन्धानका लागि शाहीलाई दैलेख प्रहरीले सुर्खेत प्रहरीको जिम्मा लगाएको छ ।

केही दिन अघि सर्वाजनिक राउटे युवतीलाई गलत नियतसहित दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा चारजना राउटे युवतीका बीचमा बसेका शाहीले उनीहरुमाथि दुर्व्यवहार गरेको देख्न सकिन्छ । उनीसँग बस्न राउटे युवतीहरुले असहज मानिरहेका छन् । भिडियोमा शाहीले युवतीहरुलाई अंगालो हालेर दुर्व्यवहारपूर्ण शब्द बोलेको छन् । १५ सकेन्ड लामो उक्त भिडियोको अहिले आलोचना भइरहेको छ ।

भिडियो सार्वजनिकपछि राउटे समुदायको हकहितका लागि काम गर्दै आइरहेको सोसक नेपालले सुर्खेत प्रहरीमा उजुरी दिएको थियो । उक्त उजुरीको आधारमा भिडियोमा देखिएका शाही पक्राउ परेका हुन् ।

उनीमाथि साइबर अपरात र दुर्व्यवहार मुद्दामा अनुसन्धान अघि बढाएको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ९ : १६ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ