बालुवाटार बैठक : मन्त्रिपरिषद् पुनर्गठनबारे भएन छलफल | Khabarhub Khabarhub

बालुवाटार बैठक : मन्त्रिपरिषद् पुनर्गठनबारे भएन छलफल


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद् पुनर्गठनको चर्चाकाबीच बालुवाटारमा बसेको बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनको विषय नै नउठेको बताइएको छ ।

कांग्रेसका तर्फबाट बैठकमा सहभागी उपसभापति पूर्णबहादुर खड्काले मन्त्रिपरिषद् पुनर्गठनको विषयले छलफलमा प्रवेश नै नपाएको बताएका छन् ।

‘संघीय सरकारका मन्त्री हेरफेरबारे विषय प्रवेश भएन,’ उनले भने । 

उपसभापति खड्काले शीर्ष नेतृत्वबीच सरकारका काम कारबाही प्रभावकारी बनाउने, विधेयकहरूलाई टुंग्याएर कानुन निर्माण गर्ने र बागमती सरकारबारे कुराकानी भएको बताए ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ३ : ०३ बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन

आज २०८२ साल साउन १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का

कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक

काठमाडौं – हाइटेक भिजनले महिला दिदीबहिनीहरूको महान चाड तीजलाई लक्षित