सिसुवाखोलामा पक्की पुल « Khabarhub

सिसुवाखोलामा पक्की पुल


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाको सिसुवाखोलामा निर्माण सम्पन्न भएको ४५ मिटर लामो पक्की पुल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

रू पाँच करोड लागतमा निर्माण सम्पन्न भएको उक्त पुल ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले एक विशेष समारोहका बीच उद्घाटन गरे । अम्बर–कुन्सालिङ निर्माण कम्पनीमार्फत विसं २०७९ को वैशाखमा निर्माण सुरु गरिएको पुल रु चार करोड ६५ लाखको लागतमा सम्पन्न भएको हो ।

सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा बजेट व्यवस्थापन गरी सिलिचोङ गाउँपालिकाले ठेक्का प्रक्रिया अघि बढाएको थियो ।

पुल सञ्चालनमा आएपछि सिसुवा, वाला, ताम्कु जस्ता दुर्गम बस्तीहरू खाँदबारी बजारसँग प्रत्यक्ष रुपमा जोडिने भएका छन्। साथै, सिलिचोङ गाउँपालिका–१ सिसुवा र वडा नम्बर २ स्थित बाला, बुधबारे हुँदै ताम्कुसम्मको आवागमन सहज बनाउनुका साथै कृषि उत्पादन तथा सेवा प्रवाहमा समेत उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ ।

स्थानीय स्तरमा वर्षौँसम्म काठका चाक्ली र अस्थायी बाँसका पुल प्रयोग गरेर खोलो तर्न बाध्य रहेका स्थानीय बासिन्दाहरूले अब सुरक्षित रूपमा यात्रा गर्न पाउने भएका छन् ।

सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले पुलले दुर्गम बस्तीको भौतिक पूर्वाधार सुदृढीकरणमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । “अब यहाँका नागरिकलाई दैनिक ओहोरदोहोर, कृषि उपजको ढुवानी र सेवा प्रवाहमा सहजता मिल्नेछ”, उनले भने, “ग्रामीण क्षेत्रको समग्र आर्थिक र सामाजिक विकासमा पुलले टेवा पु¥याउने छ ।”

पुल निर्माणपछि ताम्कु, वाला र सिसुवा क्षेत्रबाट खाँदबारीसम्मको दूरी मात्र होइन, जोखिमपूर्ण यात्रा घट्ने भएको छ । यातायात सञ्जाल विस्तारसँगै गाउँगाउँमा उत्पादन भएका कृषिवस्तु सहजै बजार पु¥याउन सकिने र अन्य सेवाहरू प्रभावकारी रूपमा प्रवाह हुने अपेक्षा गरिएको छ ।

स्थानीयवासीले पुल निर्माणलाई ग्रामीण विकासको दिशातर्फको नयाँ कदमका रूपमा लिएका छन्। पुल मात्र होइन, यो सञ्जालबाट अब समग्र क्षेत्रमा विकासको ढोका खुलेको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ८ : ४२ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको