अध्यक्ष रञ्जितताले बोलाएको बैठकमा रेशम पक्षधर नेता उपस्थित नहुने, जानकारी नभएको दाबी  « Khabarhub

अध्यक्ष रञ्जितताले बोलाएको बैठकमा रेशम पक्षधर नेता उपस्थित नहुने, जानकारी नभएको दाबी 


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको बैठकमा संरक्षक रेशम चौधरीले आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

आइतबार खबरहबसँग कुरा गदै चौधरीले आफूहरूलाई कुनै जानकारी नै नभएको दाबी गरे । ‘मैले सामाजिक सञ्जालमा मात्र बैठक रहेछ भन्ने देखेको हो । अन्य साथीहरूलाई पनि जानकारी रहेन छ ।’ चौधरीले खबरहबलाई भने, ‘म सँग सम्पर्क भएका नेताहरू कसैले बैठकबारे जानकारी भएको सूचना पाएको छैन । नबोलाएपछि जाने कुरा भएन ।’ 

रञ्जितताले आज आइतबार र  भोलि सोमबारका लागि केन्द्रीय समितिको बैठक डाकेकी छन् । तर बैठकमा रेशम पक्षधर उपस्थित नहुने देखिएको छ । बैठक दिउँसो १ बजे काठमाडौंमा बस्ने बताइएको छ । 

रेशम पक्षले अध्यक्ष रञ्जितलाई हटाएर लालवीर चौधरीलाई अध्यक्ष बनाएपछि दुई पक्षको विवाद बढेको छ । तर  निर्वाचन आयोगले भने रञ्जितलाई अध्यक्ष कायम गरेपछि अहिले रेशम पक्षका नेताहरू असन्तुष्ट छन् । नाउपा अध्यक्ष रञ्जिता र संरक्षक रेशम श्रीमान् श्रीमती हुन् ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  १२ : ०४ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र