रसुवागढीमा निर्माणाधीन सीमा पोस्टमै सुख्खा पहिरो, बेलिब्रिज हाल्ने काम पनि रोकियो « Khabarhub

विपत्ति

रसुवागढीमा निर्माणाधीन सीमा पोस्टमै सुख्खा पहिरो, बेलिब्रिज हाल्ने काम पनि रोकियो

केरुङ नाका दशैँअघि खुल्ने सम्भावना लगभग शून्य


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

काडमाडौँ – रसुवागढीस्थित नेपाल–चीन नाकादेखि २०० मिटर अगाडि आइतबार बिहान ठूलो आवाजसहित सुख्खा पहिरो खसेको छ ।

करिब आठ बजे खसेको पहिरोमा परी पर्साका करिब १९ वर्षीय विनय दास थारू घाइते भएका छन् । निमार्णाधीन एकीकृत सीमा जाँच पोष्टमा समेत क्षति पुगेको छ ।

नाकानजिकैको घट्टेखोलास्थित ग्यारेजमा काम गर्दै आएका थारू माथिबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा घाइते भएका हुन् ।

घाइते थारुलाई टिमुरेस्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण धितालले बताएका छन् ।

‘नाकादेखि करिब २०० मिटरअगाडि चट्टानसहित खसेको पहिरो करिब ४/५ सय मिटर क्षेत्रमा फैलिएको छ, कति माथिबाट खसेको भन्ने ठम्याउन सकिँदैन । सीमा जाँच पोष्टको ढलानमा क्षति भएको छ। यस्तै हेल्थ पोष्ट भवनको छत पनि क्षतिग्रस्त भएको छ’, धितालले खबरहबसँग भने ।

पहिरोले सीमा जाँच पोष्टमा रहेको ट्याक्टर, स्कार्पियो र स्काभेटरमा समेत क्षति पुर्‍याएको छ भने पोष्टको ढलान लगायतका संरचनामा समेत क्षति पुगेको छ ।

अविरल वर्षापछि झरेको पहिरोका कारण साउन १४ गतेदेखि स्याफ्रुबेसी–रसुवा सडकखण्डको करिब १७ किलोमिटर सडकखण्डमा सवारी आवतजावत ठप्प थियो ।

आज फेरि पहिरो खसेपछि पैदल यात्रुहरूलाई समेत रसुवा जलविद्युत आयोजनाको ड्याममा रोकिएको धितालले बताएका छन् ।

‘माथिबाट माटो खसिरहेको छ, जोखिम कायमै रहेकाले पैदल यात्रुलाई पनि आवतजावत गर्न दिइएको छैन’, धितालले भने ।

‘रसुवा नाका हाइट’ भनिने उक्त क्षेत्रमा पहिरो खसिरहने हुँदा ग्याबिनेट जाली राखिए पनि नरोकिएको रसुवा भन्सार कार्यालय प्रमुख तुल्सीराम भट्टराईले बताए ।

‘आज पहिरो खसेको क्षेत्रमा हिउँदमा समेत पहिरो खसिरहने हुँदा सडकबाट दुई सय मिटर माथिसम्म ग्याबिनेट जाली भरिएको थियो, तर पहिरो खसिरहेको छ, नाका खुलाउने प्रयासमा थप कठिनाई भएको छ’, उनले भने ।

नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा अस्थायी पुल निर्माण गर्ने काम पनि रोकिएको भट्टराईले जानकारी दिए ।

उनले भने, ‘खोलामा बाढी आइरहेको छ, चिनियाँ पक्षले हालेको ह्यूम पाइप दिनहुँ बगाइरहेको छ । त्यहीकारण बेलिब्रिज हाल्ने काम पनि रोकिएको छ।’

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  २ : २५ बजे

मुक्तिनाथमा दर्शनार्थी खचाखच

मुस्ताङ– हिन्दू तथा बौद्धधर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौं– पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा भारी

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति थापा

पाटन– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू नेतृत्वको

महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनीमा महाकाली नदीमा डुबेर आज एक जनाको

सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित

कैलाली– सुदूरपश्चिम प्रदेश विकास परिषद्को चौथो बैठकले दोस्रो पञ्चवर्षीय योजनाको