माधव नेपालविरुद्ध झलनाथ-घनश्यामले कसे मोर्चा, झाँक्री पनि जोडिइन् « Khabarhub

माधव नेपालविरुद्ध झलनाथ-घनश्यामले कसे मोर्चा, झाँक्री पनि जोडिइन्


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीभित्रको किचलो बढ्दै अलग अलग भेलासम्म पुगेको छ।

अध्यक्ष माधवकुमार नेपालविरुद्ध शक्ति संघर्ष गर्दै आएका सम्मानित नेता झलनाथ खनालले आइतबार अलग्गै गुट भेला गरेका छन् ।

उक्त गुट भेलामा महासचिव घनश्या भुसाल र नेतृ रामकुमारी झाँक्रीसमेत मिसिएका छन् ।

उक्त गुट भेलामा उपाध्यक्षसमेत रहेकी जयन्ती राई, डा. विजय पौडेल, केदार सञ्जेल, धर्मराज निरौला, हिरेन्द्र शाही, गरिमा शाह पनि सहभागी छन् ।

त्यसैगरी समाजवादी स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य लक्ष्मण लम्साल र युवा संघका पूर्वअध्यक्ष नरेशकुमार शाही पनि भेलामा छन् ।

यो समूहले काठमाडौँको शान्तिनगरस्थित बानेश्वर क्याम्पसमा गुट भेला गरेको हो । पछिल्लो समय अध्यक्ष नेपालले एकलौटी गरेको भन्दै सम्मानित नेता खनाल र महासचिव भुसालले मोर्चा कसेका छन् ।

भ्रष्टाचार मुद्दासमेत खेपिरहेका अध्यक्ष नेपालको मनलाग्दी कार्यशैली र अहंकारी व्यवहारबाट आजित भएकाले भेला गर्नुपरेको नेताहरूको तर्क छ ।

नेपाल र खनालबीचको शक्ति संघर्षका कारण समाजवादी संकटमा परेको छ । झलनाथलाई साथ दिए पनि अहिलेसम्म मौन रहेका महासचिव भुसाल पनि अब खुलेका छन् ।

अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकता वार्ता तीव्र पारेसँगै यो समूह बिच्किएको हो । आफूहरूलाई थाहै नदिई समाजवादीलाई माओवादीको जिम्मा लगाउन लागिएको भन्दै उनीहरू रुष्ट छन् ।

यसअघि पार्टीमा देखिएको विवाद अहिले भ्रातृसंगठनमा समेत पुगिसकेको छ । युवासंघ नेपाल र अनेरास्ववियूमा समानान्तर अभ्यास नै चलिरहेको छ। नेकपा एमाले छाडेर चार वर्ष निष्क्रिय रहेका वामदेव गौतमलाई भित्र्याएपछि त झन् यो पार्टी फुटतिर उन्मुख भएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ५ : ५७ बजे

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित