साढे तीन महिनामा काउन्सिलमा एक सय १७ उजुरी « Khabarhub

साढे तीन महिनामा काउन्सिलमा एक सय १७ उजुरी


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म प्रेस काउन्सिल नेपालमा एक सय १७ वटा उजुरी दर्ता भएका छन् । काउन्सिलका अनुसार ६३ सामग्रीको स्वअनुगमन हुँदा २० वटामा आचारसंहिता प्रतिकूल भएको देखिएको हो ।

काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले चालु आवमा परेका एक सय १७ उजुरीमध्ये पत्रकार आचारसंहिताको प्रक्रियाबमोजिम पत्राचार भएपश्चात खण्डन सम्प्रेषण गरी ५५ वटाले पेस गरेको जवाफ उजुरीकर्तालाई जानकारी गराइएको जानकारी दिए । उनका अनुसार १२ वटाले क्षमायाचनारभूलसुधार गरेका, तीनवटाले सामग्री स्थगन गरेका, चारवटालाई स्पष्टीकण सोधिएको, १२ वटालाई निर्देशन एवं सचेत गराइएको र ३१ वटा प्रक्रियामा रहेका छन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका समयमा सञ्चारमाध्यम एवं सोका सामाजिक सञ्जालबाट १४ वटा र कुनै पनि सञ्चारमाध्यमअन्तर्गत दर्ता नदेखिएका एवं सम्पर्क ठेगानासमेत उल्लेख नभएका तीनवटा सामाजिक सञ्जालबाट पत्रकार आचारसंहिता प्रतिकूल भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण भएको स्वअनुगमनबाट देखिएको काउन्सिलले जनाएको छ ।

अनुगमनपश्चात ११ वटा सञ्चारमाध्यमलाई निर्देशन एवं सचेत गराइएकामा सातवटाले क्षमायाचनासहित भूलसुधार र एक समाचार एजेन्सीलाई जवाफ माग गरिएकामा क्षमायाचना गरी जवाफ पेस गरेको, तीनवटालाई कुनै जवाफ पेस नभएको हुँदा ताकेता गरिएको, चारवटाले सामग्री स्थगन गरेका सहप्रवक्ता बोहोराले जानकारी दिए । साथै बाँकीको सम्पर्क ठेगाना नभएका कारण थप अनुसन्धान भइरहेको उनले बताए ।

काउन्सिलले सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट समेत सम्प्रेषण भएका सामग्रीउपर प्राप्त हुने उजुरीरजनगुनासाको सुनुवाइका साथै नियमित अनुगमन गर्दै आइरहेको छ । त्यसक्रममा काउन्सिलले सञ्चारमाध्यमले सञ्चालन गर्ने युट्युबलगायत सामाजिक सञ्जालको अभिलेख गरी अनुगमन गर्नुका साथै सञ्चारमाध्यमको आवरणमा चलेका तर दर्ता अभिलेख नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीको समेत प्रवृत्तिगत अनुगमन गरिरहेको छ ।

सञ्चारमाध्यममा आबद्ध नभई सञ्चालनमा रहेका युट्युब च्यानलसहित सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीउपर उजुरी परेमा वा स्वअनुगमन हुँदा आचारसंहिता प्रतिकूल देखिएमा त्यस्ता सामाजिक सञ्जाललाई प्रथमपटक भूलसुधार निर्देशन एवं सचेत गराइने र त्यसो गर्दा पनि भूलसुधार नगरेमा आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा पत्रचार गरिने काउन्सिलले जनाएको छ ।

वर्तमान अवस्थामा कतिपय सञ्चारमाध्यमबाट तथ्यगत परीक्षणबेगर भ्रामक सूचना सम्प्रेषण भइरहेको भन्ने गुनासा आइरहेको सहप्रवक्ता बोहोराले उल्लेख गरे । काउन्सिलको अनुगमनबाट त्यस्तो देखिएको सन्दर्भमा आचारसंहिताको अनुगमनलाई थप चुस्तदुरुस्त बनाउनका लागि काउन्सिलका सदस्यलाई ‘फोकल पर्सन’का रूपमा तोकी अनुगमनलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ९ : १२ बजे

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा