पहिलो पुस्ताका नेता बिदा नभएसम्म पार्टी एकताको अर्थ छैन : घनश्याम भुसाल « Khabarhub

अन्तरवार्ता

पहिलो पुस्ताका नेता बिदा नभएसम्म पार्टी एकताको अर्थ छैन : घनश्याम भुसाल



काठमाडाैं – नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने विषयमा अन्तिम अधिकार सचिवालय बैठकलाई दिएको छ । सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित १४ जना नेताहरूले यही अवस्थामा एकता सम्भव नरहेको बताइरहेका छन् । यता महासचिव भुसाल सचिवालय बैठकसम्म पर्खने मनसायमा छन् । वामपन्थी एकताको पक्षमा आफू रहेको तर एकतापछिको नेतृत्वमा अहिलेका पुराना नेता नहुनुपर्ने तर्क उनको छ । यसै सन्दर्भमा खबरहबले भुसालसँग छोटो कुराकानी गरेको छ ।

पार्टी माओवादीसँग मिल्ने करिब पक्कापक्की भएको छ, के गर्नुहुन्छ यहाँ ?
सचिवालयले निर्णय गर्ने भनेको छ । त्यो बेलासम्म म कुर्छु ।

यदि माधव नेपाल पक्ष माओवादीसँग मिले यहाँहरू के गर्नुहुन्छ ?
उहाँहरूले अहिलेसम्म पनि छोड्छौँ, जाँदैनौँ पनि भन्नुहुन्छ । के हो कुरा क्लियर भएको छैन । औपचारिक रूपले सचिवालय बैठकबाट निर्णय गर्ने भनिएको छ । सचिवालयमा हामीले कुरा उठाउँछौँ । अध्यक्ष ज्यूले पनि पार्टी हितमा निर्णय गर्नुहुन्छ भन्ने लागेको छ ।

सचिवालयले पार्टी माओवादीसँग मिल्ने निर्णय पास गरे यहाँ पनि जानुहुने हो ?
हैन । मैले आजकै अवस्थामा जानुहुन्न भनेर मत राखेको छु । यहि विचार र यहि कुरा बोकेर मिल्न गएर त अर्थ भएन नि ।

मिल्नुपर्छ मिलौँ भन्नुभएन अध्यक्षले ?
भन्नुभएको छैन । पार्टी बैठक बाहेक हाम्रो कुरा भएकाे छैन । म जिम्मेवार नेता भएकाले अरूले जस्तो बोल्दै पनि हिँड्ने कुरा भएन । म मेरो जिम्मेवारी पूरा गर्नका लागि सचिवालयसम्म कुर्ने योजनामा छु। राजनीतिक यात्रा त निरन्तर छ । अध्यक्षले भोलि पर्सि कुरा गर्नुभयो भने अलग कुरा हो । आजसम्म चाहिँ एक्लै मिल्नुपर्छ हामी भन्नुभएको छैन ।

भोलि छुट्टै भेला गर्ने तयारी गर्नुभएकाे रहेछ । त्याे केका लागि हाे ?
भेला भन्दा पनि भेटघाट हो । पार्टीमा सबै मिलेर जाने कुरा हो । यसो भेटघाट गरेर कुरा गर्ने भनिएको हो । त्यस्तो छुट्टै भेला गर्ने, गठन गर्ने भन्ने होइन ।

यहाँको कुरा चाँही के हो खास ?
मैले त वृहत् वाम एकता भनेकौ छु । त्यसको आधार तयार गर्नुपर्छ नि । आधार बिना नै एकता हतार भयो मात्र भनेको हो । हामी एकताको विरोधी त होइनाैं । तर हतारमा ०७४ को जस्तै एकता गरेर फ्रटमा जाने कुरा ठिक हुँदैन । हामी एकताको विपक्षमा छैन । तर नेचुरल र अर्गानिक एकता हुनुपर्छ ।

यसको लागि पार्टीमा के गर्नुपर्छ ?
पुनर्गठन गर्न पार्टीहरू तयार हुनुपर्छ । त्यसका लागि अहिलेको फस्ट लिडरले छाड्नुपर्छ । पहिलो पुस्ता बिदा हुनुपर्ने माग हाम्रो हो । त्यो विषयमा फाइनल के हुन्छ म हेर्छु । याे कुरामा नेतृत्व सहमत भएको खण्डमा विचार सिद्धान्त मिलाएर एकता गर्न सकिन्छ । तर यहि अवस्थामा त एकता गरेर अर्थ हुँदैन ।

पहिलो पुस्ता बिदा भएर दोस्रो पुस्ता आउने कि नव युवा ?
त्यो त्यसपछि छलफल गर्ने विषय भयो । तर पहिलो पुस्ता बिदा हुने घोषणा गर्नुपर्थ्यो । त्यसपछि के हुन्छ भन्ने कुरा पार्टीले निर्णय गर्छ ।

सो भएन माधव नेपाल, विप्लव, प्रचण्ड, झलनाथ खनाल लगायत बिदा हुनुपर्थ्यो र अभिभावक बन्नुपर्ने हो ?
व्यक्तिगत नाममा म जान्न । यो विषयमा गहिरो कुरा गर्नुपर्छ । यही अवस्थामा त पार्टी एकता गरेर के काम । जनताले पनि केही परिवर्तन र पुनर्गठनको अनुभव गर्नुपर्छ नि ।

यहाँको कुरा सुन्दा त झलनाथलाई साथ दिने कि माधवलाई भन्ने कुरामा कन्फुजन देखियो ?
त्यस्तो हैन । म विचार र सिद्धान्तको कुरा गर्छु । नेताको होइन । फेरि भन्छु सचिजवालयसम्म कुर्छु । किनकी माओावदीसँग जाने भनेर निर्णय भइसकेको छैन । उताबाट पनि साथिहरु बोल्नुहोला ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ११ : ४४ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका