अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल « Khabarhub

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

समुद्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा रहेको हिन्दू तथा बौद्धधर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा चिसोमा पनि दर्शनार्थीको सङ्ख्या नघटेको मुक्तिनाथ विकास समितिका कार्यालय व्यवस्थापक दिनेश भुसालले जानकारी दिए ।

अघिल्लो वर्षमा चिसो बढ्न थालेसँगै दर्शनार्थी घट्ने गरे पनि यस वर्ष भने नघटेको उनको भनाइ छ ।

अत्यधिक चिसोका कारण स्थानीयको जनजीवन प्रभावित बनेको छ । अहिले मन्दिर रहेको स्थानमा बिहान र बेलुकी तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको छ । भुसालका अनुसार हाल मन्दिरमा दैनिक औसत एक हजार ५०० दर्शनार्थी आइरहेका छन् ।

मुक्तिनाथ मन्दिर परिसरमा रहेका १०८ धारामा जलसेचन र कुण्डमा स्नान दर्शन गरी मन्दिर दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास छ । चिसोका कारण स्वास्थ्यमा समस्या आउनेहरुलाई मुक्तिनाथ विकास समितिले हेरचार गर्दै आएको छ । समितिले मन्दिर परिसरमा स्वास्थ्यकर्मी राखेको छ ।

चिसोमा पनि पर्यटन आउने क्रम जारी रहेपछि होटल व्यवसाय पनि फस्टाएको छ । यहाँ स्वदेश र विदेशबाट पनि पर्यटकहरु आउने गरेका छन् । विशेष गरी भारतीय पर्यटकहरुको उल्लेख्य उपस्थिति हुने गरेको छ ।

हुम्लाबाट मुक्तिनाथ आएका सुन्दर राउतले मुक्तिनाथको दर्शन गर्न पाउँदा निकै खुसी लागेको बताए । मुक्तिनाथ मन्दिरको महिमा र यसको चर्चा सुनेपछि आफू यहाँ आएको उनको भनाइ छ ।

यस्तै, जाजरकोटबाट आएका देवबहादुर रोकायाले पनि धार्मिक तपोभूमिमा धार्मिक आस्था र विश्वास लिएर दर्शन गर्न आएको बताए ।

पछिल्लो समय नेपाल–चीन जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकको यात्रा सहज भएपछि मुस्ताङमा पर्यटक बढ्न थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरम्म दुई लाख तीन हजार २९२ जना आन्तरिक र ४८ हजार १०९ विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ६ : ३० बजे

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक, बालेन्द्रलाई दलको नेता बनाइँदै

काठमाडौं– नयाँ सांसदहरूको शपथपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजै

कार्की आयोगको प्रतिवेदनलाई प्रदीप ज्ञवालीले दिए, ‘कलाविहीन नाटक’को संज्ञा

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बहुचर्चित गौरीबहादुर कार्की नेतृत्वको

इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो

तेहरान– इरानले भारत, चीन, रूस, इराक र पाकिस्तान लगायत ‘मित्र

वकिलहरूले चर्को शुल्क लिन्छन् भनेपछि जाँचबुझ आयोगसँग रिसायो नेपाल बार

काठमाडौं– नेपाल बार एसोसिएसनले भदौ २३ र २४ का विध्वंस