वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण « Khabarhub

वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बागमती– बढ्दो जाडोलाई दृष्टिगत गरी मकवानपुरस्थित डिभिजन वन कार्यालयले वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण गरेको छ । 

डिभिजन वन कार्यालयका सुरक्षा शाखा प्रमुख यादविन्द्र पौडेलकाअनुसार हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलस्थित ऊँ वृद्धाश्रम, हेटौँडा उपमहानगरपालिका–४ स्थित भुवनेश्वर पशुपतिनाथ मन्दिर, हेटौँडा उपमहानगरपालिका–५ स्थित लक्ष्मीनारायण मन्दिर र हेटौँडा उपमहानगरपालिका–१० राप्तीतटस्थित गोरक्षेश्वर मन्दिरमा दाउरा वितरण गरिएको छ । विभिन्न सामुदायिक वनहरूसँगको सहकार्यमा  वन कार्यालयले दाउरा बाँडेको हो । 

यसैबीच, चिसोका कारण यहाँका ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढेका छन् ।  हेटौँडास्थित हेटौँडा अस्पताल, चुरेहिल अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको हेटौँडा अस्पतालका निमित्त निर्देशक डा रामचन्द्र सापकोटाले जानकारी दिए । अस्पतालमा दैनिक ६० जना रुघाखोकी, ज्वरो र निमोनियाका बिरामी आउने गरेका छन् । 

मनहरी अस्पताल, भीमफेदी स्वास्थ्य केन्द्र, बकैया आधारभूत अस्पताललगायत ग्रामीण अस्पतालमा पनि बिरामीको चाप बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले बताए । रासस

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ११ : ५५ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.