बालेन्द्र लक्षित दीपकको कटाक्ष : ‘हामी पनि नेपाल हाँसेको हेर्न चाहन्छौं’ « Khabarhub

बालेन्द्र लक्षित दीपकको कटाक्ष : ‘हामी पनि नेपाल हाँसेको हेर्न चाहन्छौं’


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समानुपातिक उम्मेद्वारको सूचीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आलोचित बनेपछि कलाकार तथा निर्माता दीपकराज गिरीले कटाक्ष गरेका छन् ।

समानुपातिक व्यवस्था विपरीत रास्वपाले उम्मेद्वारको सूची बुझाएको भन्दै आलोचना भइरहेको छ । एलिट वर्गमा पर्ने र नेताहरु निकट व्यक्तिहरु समानुपातिकको सूचीमा परेको पार्टीकै नेताहरुले बताएका छन् । केही नेताहरुले सामाजिक सञ्जालबाटै यसको विरोध र असन्तुष्टि पोखेका छन् ।

बालेन्द्र शाह समूह र कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो पार्टी नेपाल’बीच रास्वपाले एकता गरेपछि अहिले मुलुकामा नयाँ राजनीतिक तरङ्ग विकास भएको छ । अहिलेको राजनीतिक चासोको केन्द्रमा रास्वपा छ ।

नयाँ शक्ति दाबी गर्दै राजनीतिमा सक्रिय रास्वपाले समानुपातिक उम्मेद्वारमा पुरानो दलले अपनाउने अभ्यासलाई निरन्तरता दिएको भेटिन्छ । चर्चित र भाइरल फेस यो सूचीमा छन् ।

रास्वपाले पुराना दल भन्ने पार्टीहरुले एलिट वर्ग र नेता निकट व्यक्तिहरुलाई समानुपातिक उम्मेद्वार बनाउँदै आएका थिए ।

यही विषयलाई लिएर दीकपले रास्वपालाई घोचेका छन् । उनले लेखेका छन्, ‘हामी पनि नेपाल हाँसेको हेर्न चाहन्छौं । त्यसैले दुश्मन हँसाउने काम नगरौं है साथी हो ।’

रास्वपाको समानुपातिक उम्मेद्वारको सूचीलाई लिएर अहिले विपक्षी दलहरुले आलोचनाको मसला पाएका छन् । दीपक यही विषयमा केन्द्रित भएर लेखेका हुन् ।

उनको व्यङ्ग्य बालेन्द्रप्रति लक्षित देखिन्छ । बालेन्द्रले ‘म नेपाल हाँसको हेर्न चाहन्छु’ भन्ने गीत गाएका थिए । उनको व्यङ्ग्यमा यही लाइन समावेश हुनुले त्यही संकेत गर्छ ।

कुलमान पनि रास्वपामा प्रवेश गर्ने सहमति जुटेपछि उनी, आफू र पार्टी सभापति रवि लामिछानेको तस्बिर सेयर गर्दै बालेन्द्रले गत मंगलबार लेखेका थिए, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु ।’

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  १ : ०० बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने