बालेन्द्र लक्षित दीपकको कटाक्ष : ‘हामी पनि नेपाल हाँसेको हेर्न चाहन्छौं’ « Khabarhub

बालेन्द्र लक्षित दीपकको कटाक्ष : ‘हामी पनि नेपाल हाँसेको हेर्न चाहन्छौं’


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समानुपातिक उम्मेद्वारको सूचीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आलोचित बनेपछि कलाकार तथा निर्माता दीपकराज गिरीले कटाक्ष गरेका छन् ।

समानुपातिक व्यवस्था विपरीत रास्वपाले उम्मेद्वारको सूची बुझाएको भन्दै आलोचना भइरहेको छ । एलिट वर्गमा पर्ने र नेताहरु निकट व्यक्तिहरु समानुपातिकको सूचीमा परेको पार्टीकै नेताहरुले बताएका छन् । केही नेताहरुले सामाजिक सञ्जालबाटै यसको विरोध र असन्तुष्टि पोखेका छन् ।

बालेन्द्र शाह समूह र कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो पार्टी नेपाल’बीच रास्वपाले एकता गरेपछि अहिले मुलुकामा नयाँ राजनीतिक तरङ्ग विकास भएको छ । अहिलेको राजनीतिक चासोको केन्द्रमा रास्वपा छ ।

नयाँ शक्ति दाबी गर्दै राजनीतिमा सक्रिय रास्वपाले समानुपातिक उम्मेद्वारमा पुरानो दलले अपनाउने अभ्यासलाई निरन्तरता दिएको भेटिन्छ । चर्चित र भाइरल फेस यो सूचीमा छन् ।

रास्वपाले पुराना दल भन्ने पार्टीहरुले एलिट वर्ग र नेता निकट व्यक्तिहरुलाई समानुपातिक उम्मेद्वार बनाउँदै आएका थिए ।

यही विषयलाई लिएर दीकपले रास्वपालाई घोचेका छन् । उनले लेखेका छन्, ‘हामी पनि नेपाल हाँसेको हेर्न चाहन्छौं । त्यसैले दुश्मन हँसाउने काम नगरौं है साथी हो ।’

रास्वपाको समानुपातिक उम्मेद्वारको सूचीलाई लिएर अहिले विपक्षी दलहरुले आलोचनाको मसला पाएका छन् । दीपक यही विषयमा केन्द्रित भएर लेखेका हुन् ।

उनको व्यङ्ग्य बालेन्द्रप्रति लक्षित देखिन्छ । बालेन्द्रले ‘म नेपाल हाँसको हेर्न चाहन्छु’ भन्ने गीत गाएका थिए । उनको व्यङ्ग्यमा यही लाइन समावेश हुनुले त्यही संकेत गर्छ ।

कुलमान पनि रास्वपामा प्रवेश गर्ने सहमति जुटेपछि उनी, आफू र पार्टी सभापति रवि लामिछानेको तस्बिर सेयर गर्दै बालेन्द्रले गत मंगलबार लेखेका थिए, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु ।’

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  १ : ०० बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्